नेपालमा निजीक्षेत्रको पहिलो आयुर्वेद औषधि उद्योगको रुपमा परिचित आरोग्य भवन वर्क्स प्रा.लि. विभिन्न बनावटका शास्त्रीय एबं उत्कृष्ट अनुभूत Proprietary आयुर्वेद औषधि उत्पादनमा एक विशिष्ट र छुट्टै पहिचान बनाउन सफल उद्योग हो |
सन् १९२५ मा काठमाण्डौको डिल्लीबजारमा स्व.राजकबिराज शिवनाथ रिमाल तथा उहाँका सहोदर भाई


कविराज नरेन्द्रनाथ रिमालले “स्वस्थस्य स्वास्थ्य रक्षणं आतुरस्य विकार प्रशमनं च:
भन्ने मान्यतालाई आत्मसाथ गर्दै ‘उत्तम औषधिमा नै रोगीजनको जीबन र चिकित्सकको मान निर्भर रहन्छ’
भन्ने उद्देश्य राखी स्थापित गर्नुभएको यो उद्योगले खासगरी उच्च गुणस्तरीय,
प्रभावकारी एबं सुरक्षित औषधि उत्पादन गरि बिगत देखि बर्तमान सम्म नेपाली जनमानसमा आफ्नो छाप राख्न सक्षम छ |
हिमालय पर्वतको काख नेपालमा रहेका अनगिन्ती प्राकृतिक जडिबुटीको सदुपयोग र उच्चतम प्रयोग गरि निर्माण भएका आयुर्वेद औषधि स्वदेश तथा बिदेशमा बिक्रीवितरणको यसै बर्ष एक शताब्दी पुरा गरी ISO 9001:2015 Certificate प्राप्त गरेको यो उद्योग बि.स. २०६१/६२ मा डिल्लीबजार काठमाडौँबाट स्थानान्तरण भई हालको टोखा नगरपालिका-७, धापासी काठमाडौँमा चल्दैआएको थियो र आर्थिक बर्ष २०७९/८० देखि पाल्पा जिल्लाको तिनाउ गाउपालिका-३, झुम्साबाट आधुनिक मशिन तथा कुशल निर्माण प्रक्रिया GMP अन्तर्गतका अन्य सम्पूर्ण साध्य साधनसाथ शास्त्रयुक्त, मानकीकृत आयुर्वेद औषधि उत्पादन गर्दै आईरहेको छ | यसै बर्षदेखि नेपाल सरकारले आयुर्वेद औषधि उत्पादनका लागि जारी गरेको कुशल निर्माण प्रक्रिया मापदण्ड अनुरुप NATIONAL GMP तथा WHO-GMP का लागि आबेदन दिएको यस उद्योगले छिट्टै नै उक्त प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्ने सम्भावना छ |
बि.स. २०७०/७१ मा रिमाल परिवारबाट उद्योग सम्पूर्ण रुपमा अधिग्रहण गरि प्रा.लि.मा परिवर्तन गरिएको र त्यसपछि हालको ब्यबस्थापनले उद्योगका विभिन्न सम्रचनामा परिवर्तन गर्नुका साथै बजारबिस्तार गर्दै समग्र उद्योगलाई ब्यबस्थित रुपमा संचालन गर्दै आजको अबस्थामा आईपुगेका हो | आजको दिनसम्म आईपुग्दा यस उद्योगमा बिभिन्न शास्त्रीय (रसकल्प, गुग्गुलकल्प, गुटी-बटी, चुर्ण, आसब-अरिष्ट, भस्म, तेल, अबलेह-पाक आदि) एबं विभिन्न रोग अनुसारका उत्कृष्ट अनुभूत Proprietary औषधिहरु (कस्तुरी भुषण, पिनासनास, संजीवनी, रुमानी प्लस तेल, डायव-ओ-निल, पाइलोन ट्याबलेट, भिटेक्स ट्याबलेट आदि ) गरि २५० भन्दा बढी आयुर्वेद औषधिहरु उत्पादन गर्दै आएको छ |
आगामी बर्षहरुमा नियमित कार्यहरुसंगै कुशल निर्माण प्रक्रिया GMP अन्तर्गतका सम्पूर्ण साध्य साधनको प्रयोग साथ विभिन्न अनुसन्धान र बिकासको (R&D) अबधारणा अनुरुप हाल देखा परेका असाध्य रोगहरुको उपचार हेतु उद्योगले नयाँ उत्पादनस्थलबाट आफ्ना उत्पादन कार्यहरुलाई अझ सशक्त ढंगले अघि बढाउनेछ | यस समयमा हामी देशै भरिका हाम्रा थोक बिक्रेता, खुद्रा बिक्रेता, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्बसाधारण उपभोक्ता र शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दछौं | हामीलाई बिश्वास छ यहाँहरुसबैको साथ सहयोग तथा उत्प्रेरणाले हामी सधैं गुणस्तरीय, प्रभावकारी एबं सुरक्षित औषधि उत्पादनगरि समग्र आयुर्वेद बिकास एबं बिस्तारमा लाग्ने छौं |
आरोग्य हिजो, आज र भोलि
आयुर्वेद औषधि उत्पादनमा एक अदिप्तीय संस्था आरोग्य भवन तत्कालीन श्री ३ परिवारका वैद्य श्री शिवनाथ रिमालको मानव सेवा प्रतिको सोच र ईश्वरीय अनुकम्पाबाट श्रीजित उद्योग हो। शिवनाथ रिमाल कविराज हुनुको साथै स्वास्थ्य सेवामा विशेष रुचि राख्ने तत्कालीन समयका औषधि ज्ञाता र स्वास्थ्य सेवा प्रदान गर्ने विशिष्ट व्यक्ति हुनुहुन्थ्यो। तसर्थ उहाँको सोच र परिकल्पना अनुसार सन् १९२५ मा स्थापित यस आरोग्य भवन वर्क्स प्रा. लि. १०० वर्षको गतिलो इतिहास रच्न सफल भएको तपाईं हामी माझ छर्लङ्ग छ।
वैद्य राजकविराज श्री शिवनाथ रिमालले दरबारमा मात्र नभई सर्वसाधारण जनता समेतको स्वास्थ्य सेवा बिस्तार हेतु निरन्तर आफ्नो भाइ नरेन्द्रनाथ रिमालको सहयोगमा यस उद्योगको स्थापना कालिकास्थान, डिल्लीबजार काठमाडौँमा गर्नुभएको थियो। परिवारका सदस्यहरूको साथमा मिलेर वैद्यज्यूको निर्देशनमा आफ्नो घरमा विभिन्न जडीबुटी खनिज एवं रसहरूलाई औषधिको आयुर्बेद शास्त्र, परम्परा र शिक्षाको आधारमा औषधिको उत्पादन र बिक्री वितरणको आरम्भ भएको थियो। पछि बिस्तारै समय र जनभावना अनुसार नरेन्द्रनाथ रिमालले डिल्लीबजारको चारखाल अड्डासँगै सर्वसाधारणको उपचारको निम्ति एक उपचार संस्था वा बिक्री केन्द्रको रूपमा हालको नरेन्द्र क्लिनिक सचांलनमाल्याई आफ्नो उत्पादनलाई व्यावसायिक बनाउदै विकास गर्नुभयो। तत्पश्चात् नरेन्द्रनाथका रिमालको छोरा निर्मल कुमार रिमाल र बि सं २०३५ मा औषधि एेन लागु भएपछि उहाँका दुई नाति सुदीप र समिरले ब्यबसायिक रुपमा केहि नयाँ मेशीन थपगरि उध्योगलाई आधुनिकताको दिशामा बिकास गर्दै काठमाडौँ तथा सो बाहिरका क्षेत्रहरूमा आयुर्बेद औषधिको बिक्री वितरणको प्रक्रिया सुरु गरी बिस्तारै पुर्ब पश्चिम नेपालमा आरोग्यलाई विस्तार गर्ने कार्य गर्नुभयो ।
२०७० सालको श्रावण महिना पश्चात् रिमाल परिवारको चौथों पुस्ताबाट यो उद्योग एक कम्पनीको रूपमा विकसित भई कम्पनी प्रालिको रुपमा हामीले सञ्चालन गर्दै आइरहेका छौँ । हाम्रो सञ्चालनको सुरुवातमा पारिवारिक विचलनका कारण धरायसी बनेको एक रुग्ण उद्योगको साखलाई बिस्तारै उठाई ११/१२ वर्षको यस समयमा कम्पनीलाई एउटा दरिलो विश्वासिलो आयुर्वेद औषधिको उद्योग र निजी क्षेत्रको पहिलो उद्योगको इतिहासलाई कायम राखी आफ्ना उत्पादनलाई सम्पूर्ण नेपाली माझ परिचित गराउनका लागि सफल रहेको बिश्वास गरेका छौँ।
वर्तमान सनयमा हामीले आरोग्य भवनलाई एक GMP उद्योगको रूपमा विकास गर्न धापासी काठमाडौँबाट तिनाउ ३ झुम्सा पाल्पामा स्थानान्तरणगरी विकास र विस्तार गरेका छौँ। स्वच्छ जडिबुटी, बिग्य प्राविधिक, चिकित्सक एवं अनुभवी कर्मचारीहरूको साथ सहयोग र मेहनत तथा सञ्चालकहरूको प्रेरणादायि एंब सकारात्मक पहलका कारण हामीसँग हाल १५० थरिका विभिन्न बनावटका औषधिहरू उत्पादनमा छन् जुन नेपाल सरकार औषधि व्यवस्था विभागको उत्पादन अनुज्ञा पत्र तथा बिक्रीबितरण अनुज्ञा पत्र लिई बिक्रीवितरण भइरहेको छन्। हामीले शास्त्रीय आयुर्वेद परम्परा, गुण धर्म र संस्कृतिलाई यथावत राखी आयुर्वेद शास्त्र र विज्ञको रायका आधारका विभिन्न उचयउभचतथ आयुर्वेद औषधिहरू आधुनिक लयकभक तष्mभ मा समेत बिभिन्न नयाँ औषधिहरू उत्पादन गरिरहेको छौँ।
औषधि उत्पादन कार्यमा प्रयोग हुने जडीबुटी र जडीबुटीजन्य कच्चापदार्थहरू सकेसम्म स्थानीय स्तरबाट खरिद गर्ने र सकेसम्म स्थानीय ब्यक्तिहरुलाई रोजगारी दिने हेतुले तिनाउ ३ झुम्सा पाल्पामा स्थापना र सञ्चालनमा रहेको यस उद्योगमा हाल ४२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहनु भएको छ । यसगरि अप्रत्यक्ष रूपमा सयौँ सङ्ख्याले आफ्नो रोजिरोटि यस उद्योगबाट प्राप्त गर्न सफल हुनुहुन्छ भन्ने हामीलाई लागेको छ।
वार्षिक १.२५ करोडको बजार हुँदाको अवस्थाबाट हाल लगभग १२.५ करोडको व्यापार गर्न सफल रहदा २०७० मा यस उद्योगको हक हस्तान्तरण सँगसँगै लगातार परेका प्राकृतिक बिपत्ति भूकम्प नाकाबन्दी एवं कोरोना कहरबाट गुज्रिनु परेको थियो। तथापि नेतृत्वको नियमित रेखदेख अटल विश्वास तथा अथक प्रयासबाट उद्योगले आजको दिनसम्मको यात्रा गर्न सफल भएको छ।
“औषधि गुणमा नै चिकित्सकको हात निर्भर रहन्छ” भन्ने उक्ति राखी सुरु भएको यस उद्योगले आयुर्वेदका चतुष्पाद सिध्दान्त मध्येको एक औषधिलाई अत्यन्तै विचार पूर्वक नेपाल सरकारबाट नियमित रुपमा प्राप्तहुने निर्देशनहरुलाई पालना गर्दे अत्यन्तै संयमित भई उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ। हाल लगभग ६२ वटा थोक विक्रेताको माध्यमबाट नेपालका हरेक घरघरमा आवश्यकता अनुरूप आरोग्यका उत्पादनहरू पुगेको बिश्वास हामीलाई छ। नेपालभित्र मात्र नभई नेपाल बाहिर रहने सबै नेपाली माझ आरोग्यका लोकप्रिय उत्पादनहरू पुगेको छन् भन्दा पनि हामीलाई गर्व महसुस हुन्छ। हामीले हाम्रो उत्पादनहरूलाई निजी व्यवसायिक संस्थाहरूको साथमा नेपाल सरकारबाट माग हुने सङ्घीय प्रादेशिक एवं स्थानीय स्तरका बोलपत्र र ठेक्कामा समेत हाम्रा औषधिहरु वितरण गर्न सफल भएका छौँ।
विभिन्न कालखण्डमा उत्पन्नहुने अलग र नयाँ रोगहरूमा आयुर्वेद औषधिहरूको प्रभावसँगै यस उद्योगले कोभिडको अवस्थामा आफ्ना उत्पादनहरू कस्तुरी भूषण एवं आयुष क्वाथबाट धेरै बिरामी तथा पीडित वर्ग लाई राहत दिन सफल भएको थियो। आज पनि हाम्रा औषधि प्रयोग गरी स्वस्थ्य जीवनयापन गर्नुहुने व्यक्तिहरूबाट प्राप्त हुने प्रोत्साहन र उत्प्रेरणाले हाम्रो काममा थप ऊर्जा प्राप्त हुनुकासाथै हामीलाई थप जिम्बेबारहुन प्रेरित गर्दछ । तसर्थ हामी यस उद्योग कम्पनीका भावी दिन भविष्य अझ सुनौला तथा गर्बिला देखिरहेका छौँ र बनाउने कुरामा प्रतिबध्द छौँ । कम्पनीको उत्पादनहरूलाई अझ बढी परिष्कृत गर्ने अनुसन्धान र निर्माण गरी स्वदेश तथा विदेशमा आयुर्वेद औषधिको बिक्री वितरण गर्ने सोच राखेका छौँ।
हालैमात्र यस उद्योगले नेपाल सरकारको औषधि व्यवस्था विभागमा दिएको आवेदन अनुसार विश्व स्वास्थ्य सङ्गठनबाट प्राप्त हुने कुशल औषधि निर्माण प्रमाणपत्र समेत छिट्टै प्राप्त गर्ने विश्वास हामीले गरेका छौँ। यसबाट आयुर्वेद औषधिको निर्माणमा उद्योगलाई अझ व्यवस्थित बन्न सहयोगहुने र कोशेढुङ्गा प्राप्त हुनेछ। हामीले सकेसम्म स्वदेशमा आयात हुने आयुर्वेद औषधिलाई प्रतिस्थापना गरी आत्मनिर्भरताको बाटोमा अगाडि बढाउनेछौँ। हाल यस उद्योगको उत्पादन क्षमताको लगभग ४० प्रतिशत मात्र उत्पादन भइरहेको अवस्थामा उद्योगलाई सम्पूर्ण क्षमतामा संचालन गर्नका लागि आवश्यक जनशक्ति र अन्य केही पूर्वाधारहरूको विकास र विस्तार गरिनेछ। कम्तीमा १०० को संख्यामा कर्मचारीलाई विस्तार गर्न र हाल रहेका उत्पादन सङ्ख्यालाई समेत बढाउन केही थप नयाँ औषधिहरू निर्माण गरी बजारीकरण गरिनेछ। यसकालागि स्थानिय, प्रादेशिक र सघिंय सरकारले समेत पुर्ण सहयोग गर्ने आशा हामीले राखेका छैां |
नेपालमा आयात हुने विभिन्न देशका आयुर्वेद तथा परम्परागत औषधिहरूलाई प्रतिस्थापना गर्दै स्थानीय स्तरमा प्राप्त हुने जडीबुटीको उच्चतम प्रयोग र पहिचान एवं सोको प्रशोधन गरी वैदेशिक निर्यात सम्मको हाम्रो योजना छ। यस क्षेत्रमा प्राप्त हुने अमला, अदुवा, अम्लिसो, गुडुची, तुलसी, तेजपत्ता लगायतका जडीबुटी र विभिन्न सुगन्धित तेलको उत्पादन र प्रशोधन गरी स्थानीय ब्रान्डकै आधारमा उद्योगले आफ्नो क्षेत्रको विकास गर्ने लक्ष्य राखेको छ। आगामी तीन वर्षमा हालको बिक्रीको अवस्थालाई कम्तीमा दुई गुणा बढाई पाँच वर्षमा आधा अर्बसम्मको बिक्रीलक्ष्य राखिएको छ।
हामीले औषधि उत्पादनको साथसाथै आयुर्वेद परम्परा संस्कृति र ज्ञानलाई जनमानसमा पुर्याउन सामुदायिक स्थानीय विद्यालयहरूमा जानकारी मूलक कक्षा र समुदाय र किसानलाई जडीबुटी संरक्षण र सङ्कलन का विभिन्न तालिम कक्षाहरू सञ्चालन गर्ने, उत्पादन भएका वस्तुहरू अरूको सहज बजार र उपयोग गर्न स्थानीय सरकारसँग सहकार्य गरी जडीबुटी शिक्षा रणनीति सुरुवात गर्ने विचार गरेका छौँ। आगामी दिनमा यस उद्योगले स्थानीय स्तरमा प्राप्त हुने जडीबुटीहरूको उच्चतम सदुपयोग गर्दै हाल विश्वलाई नै अति संकटदिने खास गरी नसर्ने रोगहरूमा प्रभावकारी हुने विशिष्ट आयुर्वेदिक औषधिहरूको अनुसन्धान र बिकासगरिने योजना रहेको छ।
तिनाउ तटको यस पावन भूमिमा रहेको उद्योगलाई यस क्षेत्रको प्राकृतिक नमुनायुक्त उद्योगको रूपमा विकास गरी आयुर्वेदिक र पर्यटकलाई सँगै जोड्ने आरोग्य अस्पतालको रूपमा बृध्दबृध्दा एवं अन्य रोगीलाई उपचार र आश्रमको सहयोगी संस्थाको रूपमा विकास गर्ने र प्रकृतिसँग मानिसलाई पुनर्मिलन गराई स्वास्थ्य र खुशी दिने अभिप्राय सहित हाम्रा उत्पादनहरू एकै ठाउँमा प्राप्त हुने र उपचार गर्न सक्ने चिकित्सकिय सेवा सहितको उपचार कक्ष ÷फार्मेसी सञ्चालनको (विशेष छुट र सुविधा) व्यवस्था गर्ने योजना गरेका छौँ।

हामीलाई थाहा छ आजको समयमा हाम्रा योजना पूरा गर्न धेरै मेहनत गर्नुपर्नेछ। तर यहाँहरू सबैको साथ सहयोग र समन्वयले हामी हाम्रो लक्ष्यमा पुग्न सक्नेछौँ | यस सुखद समयमा हामीले थप उत्पादनहरुको अनुसन्धान र विकासको पक्षमा अघि बढाउन विभिन्न निजी तथा सरकारी शिक्षण संस्था तथा अनुसन्धान केन्द्रहरूसँग हातेमालो गर्ने प्रयास गरिरहेका छौँ आशा छ निकट भविष्यमा नै हाम्रो यस सपना साकार हुनेछ र केही नयाँ अनुभुत आयुर्वेद औषधिहरू निर्माणको हाम्रो लक्ष्य प्राप्त हुनेछ। अन्त्यमा, हामीसँग जोडिएर हामीलाई हरेक क्षणमा हौसला र उत्प्रेरणा दिनुहुने आदरणिय सल्लाहकार, शुभचिन्तक, आफन्तजन, साथीभाई, आपुर्तिकर्ता, बिक्रेता, क्रर्मचारी, संघ-संस्था तथा नेपाल सरकारका सम्पुर्ण निकाय एंब क्रर्मचारीबर्ग तथा संचारकर्मी सबैमा हार्दिक नमन ब्यक्त गर्दछु |
जय देश | जय आरोग्य || जय आयुर्बेद ||
सुमन प्रसाद पाण्डेय (प्रबन्ध निर्देशक/संचालक)




