सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

२०८३ बैशाख २८, सोमबार १२:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सिंहदरबारमा आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा सरकारले करको दर पुनवलोकनदेखि विदेशी लगानीकर्तालाई नेपाल लगानी भिसा जारी गर्ने योजना सार्वजनिक गरेको छ।

यसैगरी नीति तथा कार्यक्रममा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबारलाई निरुत्साहन गर्ने नीति सरकारले लिएको छ। सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ।

पुँजीबजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको लगानीलाई सुरक्षित गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पूर्वाधार विकास गर्ने योजना सरकारले ल्याएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको रकम फिर्तादेखि किसानलाई सहुलियतपूर्ण वित्त पहुँचका लागि विभिन्न योजना नीति तथा कार्यक्रममार्फत ल्याएको छ।

सरकारले सूचना तथा प्रविधिसँगै भैतिक पूर्वाधार विकासका योजनाहरु पनि ल्याएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार