‘संस्था कसरी ध्वस्त पार्ने’ बाट सिकेर ठूला ठूला काम गर्ने संस्था कसरी बनाउने?

२०७९ फाल्गुन २७, शनिबार १३:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

आरके ढुंगाना, विकाशविद् एवं अनुसन्धानकर्ता

‘संस्था कसरी ध्वस्त पार्ने’ बाट सिकेर ठूला ठूला काम गर्ने संस्था कसरी बनाउने? तीन फरक फरक अवधारणाहरुको चर्चा जोडेर एउटा कुरामा जोड 

तीन फरक फरक अवधारणाहरुको चर्चा जोडेर एउटा कुरामा जोड दिने मेरो प्रयास रहेको छ यो पोस्ट मार्फत। पहिलो कुरा हो – अमेरिकामा प्राज्ञिक क्षेत्रमा एकदमै प्रतिष्ठित मानिने समूहको : फी बीटा काप्पा। दोस्रो – सी आई ए को एउटा फील्ड म्यानुअल – संस्था कसरी ध्वस्त पार्ने भन्ने बारे र तेस्रो भर्खरै फिजिक्समा नोबेल पुरस्कार दिईएको Entanglement Theory र विज्ञान कसरी यहाँसम्म आईपुग्यो भन्ने बारे।
यी तीनवटै अवधारणाहरुमाथि मननबाट मैले सिकेको पाठ र जोड दिन खोजेको कुरा हो – संस्थागत अभ्यास, र पुस्तौंको संस्थागत अभ्यासले दिने नतिजा। अर्थात्, कुनैपनि महत्वपूर्ण काम गर्नका लागि संस्थागत अभ्यास र पुस्तौंको योगदान नभई सम्भव छैन।
सबैभन्दा पहिला ‘फी बीटा काप्पा’को कुरा गरौं। अमेरिकाको स्वतन्त्रता संग्रामको समयमा – सन् १७७५ आसपास बनेको एउटा भुमिगत छलफल समूहले आफ्नो आवश्यकता अनुरुप स्वरुप फेर्दै गयो र आज यो अमेरिकामा उत्कृष्ट प्राज्ञहरुको समूह बनेको छ। फी बीटा काप्पामा सम्मिलित हुन पाउनु भनेको उच्च शैक्षिक उपलब्धीको सूचक हो र विश्वविद्यालयबाट उत्तीर्ण हुने मध्ये २% ले मात्र यस् समूहमा सामेल हुने गौरव प्राप्त गर्दछन्।
दोस्रो विषय हो केही दिन अघि एलन मस्कले आफ्नो ट्विटरमा हालेको – सी आई ए को आफ्ना एजेन्टहरुका लागि लेखिएको ‘संस्था कसरी ध्वस्त पार्ने’ भन्ने निर्देश पुस्तिका। यो म्यानुअल सन् १९४४ मा लेखिएको थियो र २००८ मा मात्र यस्लाई Declassify अर्थात् सर्वसाधारणका लागि खुला गरिएको थियो।
यस्को स्क्रीनशट पनि तल राखेको छु।
मलाई अचम्म लागेको कुरा – कुन तहको बौद्धिक-संस्थागत अभ्यास र पूर्व तैयारीमा सी आई ए ले काम गर्छ भन्ने यस्ले देखाउँछ। अर्को कुरा – आजको समयमा केही असफल संस्थाहरु वा असफल हुने मार्गमा हिँडेका संस्थाहरु हेर्ने हो भने ठ्याक्कै त्यो म्यानुअलमा भएको जस्तै व्यवहार देखिन्छ। अर्थात् कैयौं नेताहरुले नजानी नजानी आफ्नै संस्था सी आई एको प्रशिक्षणमा नै जस्तै गरि ध्वस्त पारीरहेका छन्।
तेस्रो कुरा हो भर्खरै फिजिक्सको नोबेल प्राईज – Entanglement Theory जस्ले एल्बर्ट आईन्स्टाईनका केही ठोकुवाहरुलाई समेत चुनौती दिएको छ।
विज्ञान यहाँसम्म कसरी पुग्यो भन्ने बारे एकदमै रोचक तरिकामा बुझ्न सकिन्छ। लामो समयसम्म मान्छेले पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भन्ने सोचका साथ ब्रह्माण्डको स्वरुप र प्रकृति बारे विचार गर्थ्यो। तर केही छिटपुट दार्शनिकहरुले दुई हजार वर्ष अघि नै सूर्यको वरिपरि पृथ्वी र अन्य ग्रहहरु घुम्छन् भन्ने सिद्धान्त अगाडि सारेका थिए। तर उनीहरुसँग यस्लाई प्रमाणित गर्ने कुनै आधार थिएन।
१५ औं शताब्दी तिर यो थ्योरीलाई थप बल पुग्दै गयो र कोपर्निकसले यस्मा अडान लिए। उनलाई पनि वर्षौंसम्म खिसी मात्र गरियो। तर पृथ्वी नभएर सूर्य केन्द्रमा छ भन्ने थ्योरीको आधार थियो – पृथ्वीलाई केन्द्रमा मानेर हेर्दा आउने मार्सको चालमा देखिएको उल्टो गति।
वर्षमा एकपटक, जुन समयमा पृथ्वीले मंगल ग्रहलाई उछिनेर अगाडि बढ्छ – त्यो समयमा २०-२५ दिन जति पृथ्वीबाट हेर्दा मंगल ग्रह आकाशमा पछाडि पट्टि अर्थात् उल्टो गतिमा चलेको देखिन्छ।
Retrograde Motion of Mars भनिने यो खगोल फिनोमेनाले गर्दा पृथ्वी केन्द्रमा छ भन्ने थ्योरीमा ठूलो भ्वाङ थियो। १५०० वर्षसम्म दार्शनिक / वैज्ञानिकहरुले यस्को बडो हास्यास्पद खालका स्पष्टीकरण दिँदै र स्वीकार्दै आएका थिए। तर पृथ्वी नभएर सूर्य केन्द्रमा छ भन्ने थ्योरीले ‘मंगलको उल्टो गति’ को समस्या समाधान गरिदिएको थियो।
न्युटनको हिसाबले गर्दा उक्त थ्योरीलाई गणितीय प्रमाण पनि पुग्यो। तर भनिन्छ, यदि ठूला हिसाब गर्नका लागि Log System को आविष्कार नभएको भए न्युटनले ग्र्याभिटीको थ्योरी प्रमाणित गर्नका लागि गर्न पर्ने हिसाब गर्न एक हजार वर्ष लाग्थ्यो।अर्थात् गणितको संस्थागत विकासले गर्दा नै विज्ञानमा त्यो प्रगति सम्भव भयो।
न्युटनले फर्मुला त निकाले, तर गुरुत्वाकर्षणको स्पष्टीकरण उनीसँग थिएन। आईन्स्टाईनले कारण बताए – स्पेस-टाईमको कर्भ अर्थात् उनले भने – समय आँफैमा स्थिर छैन। स्पेस-टाइम एउटा गतिशील अवधारणा हो र यो वस्तुको मास वरिपरि बेन्ड हुन्छ।
यो अवधारणा क्रान्तिकारी थियो। न्युटनको बुनियादी भौतिकशास्त्रलाई चुनौती दिने खालको थियो। त्यसैकारण यस्लाई शुरुमा खिसी गरियो। तर सुर्य ग्रहणको समयमा सूर्य पछाडि देखिने ताराहरुको तस्वीर र उनीहरुको आकाशमा स्थानको हिसाब गर्दा आईन्स्टाईनले भने जस्तै सूर्यको वरिपरि गुरुत्वाकर्षणले गर्दा प्रकाश पनि घुमेको सिद्ध भयो।
अर्थात् स्पेस-टाईम कर्भ हुन्छ भन्ने सिद्ध भयो।
तर आईन्सटाईन आँफै पनि हाईजनबर्गको अन्सर्टेन्टी सिद्धान्तको विरोधी नै रहे। आईन्सटाईनले प्रकाशको गति ब्रह्माण्डको एउटा सीमा हो भन्ने मान्यतामा नै मास र एनर्जीको एक अर्काको रूप लिन सक्ने बुझाई बनाएका थिए। अर्थात् E = MC Square
हाइजनबर्गको Uncertainty Principle ले क्वान्टम फिजिक्सको जग हाल्यो। ब्रह्माण्ड बुझ्ने अभिलाषामा वैज्ञानिकहरुले सबैभन्दा आधारभुत तहमा पदार्थ के हो त भनेर खोज्दै जाँदा Particle को अद्भुत तिलिस्मी गुणहरुमा पुगियो।
हाईजनबर्गको थ्योरी छ कि हामी जब कुनै सूक्ष्म पार्टिकललाई हेर्न खोज्छौं – हाम्रो हेराईले गर्दा त्यो फेरिई सकेको हुन्छ। सबैभन्दा सानो ईकाईमा उर्जा र पदार्थबीच छुट्याउन नसकिने अवस्थामा गति र दिशा पनि पत्ता लगाउन नसकिने अवस्थाले गर्दा स्पिन थ्योरीको विकास भयो।
हाल विज्ञान यो अवस्थामा पुगेको छ कि Entanglement Theory ले आईन्सटाईनको प्रकाशको गति ब्रह्माण्डमा एउटा सिमाना जस्तो हो भन्ने मान्यतामा आधारित परिकल्पनालाई तोड्ने बाटो खोलेको छ।
यो थ्योरी अनुसार, यदि कुनै पार्टिकलसँग Entangled Particle ब्रह्माण्डका दुई कुनामा छन् भनेपनि त्यो पार्टिकलमा हुने कुनै परिवर्तनले त्यो Entangled Particle मा तत्काल नै असर देखाउँछ।
यो साँच्चै नै दिमाग खलबल्याउने अवधारणा हो। अर्थात्, ब्रह्माण्डको एक कुनाबाट अर्को कुनासम्म तुरुन्तै सूचना पुग्न सक्यो – अर्थात् त्यो सूचनाको लागि प्रकाशको गति वा ब्रह्माण्डको दुरीको कुनै अर्थ नै रहेन।
यो थ्योरीमा आधारित रहेर हाल वैज्ञानिकहरुले Localised Reality अर्थात् स्पेस-टाईममा हामीले देख्ने बुझ्ने सबै वास्तविकता एउटा योजनाबद्ध भ्रम Planned Illusion पनि हुन सक्ने अड्कल काटेका छन्।
म वैज्ञानिक होईन। मेरो बुझाईको सिमितताले गर्दा प्रस्तुतिमा त्रुटि हुन सक्छ। तर मैले यहाँ यी उदाहरणहरुबाट कसरी हरेक क्षेत्रमा संस्थागत अभ्यास, ज्ञानको पुस्तान्तरण र प्रमाण आधारित समाधानको खोजीले मात्र असाधारण उपलब्धि हासिल हुन सक्छन् भन्ने कुरामा जोड दिन खोजेको हुँ।
Now, let’s take a break.
I bring you back to where I began – at the 3 concepts : Phi Beta Kappa, CIA Field Manual on Simple Sabotage and the Entanglement Theory.
My point of connecting the dots, and drawing these long points in discussion is very very simple – All great achievements are a work of organised and institutionalised intellectual work for many generations.
If you want to achieve great things, you have to have the rigour to go to great depth of intellectual work, the humility to bring collaboration among great minds and the patience to work for many years, sometimes generations!
Thank you for your patience.
दिनकरण नेपाल वार साभार गरिएको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार