काठमाडौं । विगत लामो समय देखि क्लासिकल हर्बलले बजारमा औषधि ल्याएको छ | यसको स्थापना २००१ मा चुर्ण हर्बलबाट सुरु गरेको थियो | क्लासिकल हर्बल प्रोडक्ट्सले आज एक पत्रकार सम्मेलन गरेर त्रिफला चुर्ण, क्याप्सुल, अग्निगेन सिरप, आश्वगन्धा क्याप्सुल लगायतका उत्पादन बजारमा ल्याएको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्लासिकल हर्बलका कार्यकारी निर्देशक बिनोद अधिकारीले यस अघिका २३ र अहिलेका २७ गरी अब ५० प्रकारका औषधि उत्पादन हुने बताएका छन् । नेपालको जडिबुटी भारत जाने बजारमा एकरुपता नभएकोले कच्चा पदार्थ व्यवथापनमा समस्या आएको पनि बताएका छन् |


संस्थाका अध्यक्ष बद्री कोइरालाले आफूहरूले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार औषधि उत्पादन गरेको बताए। उनले औषधिको गुणस्तरप्रति आफूहरू गम्भीर रहेको समेत बताएका छन्।
‘आयुर्वेद औषधि एउटै रोगमा पनि व्यक्ति अनुसार फरक हुनसक्छ। त्यसैले मान्छेको चाहनाअनुसार भन्दा पनि उसलाई लागेको रोग अनुसार उपचार गर्नुपर्छ,’ उनले भने, ‘हामीले ल्याबमा उत्पादित औषधि मात्र प्रयोग गर्छौं।त्यसैले चिकित्सकको सिफारिसबिना जथाभावी औषधि खान हुँदैन।’
संस्थाकी फर्मासिस्ट सपना भण्डारीले आयुर्वेद औषधिहरू जथाभावी उत्पादन नहुने भन्दै ल्याब परीक्षण गरेर मात्र बजारमा ल्याइने बताइन्।




