अर्घाखाँचीका कृष्ण अधिकारी काँग्रेसको जनसम्पर्क समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित

२०८१ कार्तिक २४, शनिबार १४:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आवास परियोजनामा डेढ दशक लामो अनुभव हासिल गरेका कृष्ण प्रसाद अधिकारी नेपाली काँग्रेसको जनसम्पर्क समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसकाे विधान २०१७ (शंशाेधन सहित)काे धारा २५-९ बमाेजिम किरणराज शर्मा पाैडेलकाे संयाेजकत्वमा  अधिकारी लगायत २८ जना व्यक्तिहरुलाइ मनाेनयन गर्नुभएको छ । ।
बैँक तथा वित्तीय संस्था संचालनको अनुभव, सामाजिक संघसंस्थामा योगदान सहित संग्लग्न रहनु भएका अधिकारीलाई जनसम्पर्क समन्वय विभागमा मनोनयन गरिएको हो ।  पार्टीको निर्णय लगत्तै स्वदेश तथा विदेशमा समन्वय तथा सम्पर्क विकास गरी बिदेशमा रहेका प्रवासी नेपालीलाई संगठनको एउटै छाताभित्र समेट्ने गरी नेपालको आर्थिक विकास र प्रवासी नेपालीहरुको ज्ञान, सीप र लगानी नेपालमा भित्र्याउने गरी परियोजना विकास कार्य गर्ने प्रतिवद्धता समेत अधिकारीले ब्यक्त गर्नुभयो । नेपालको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि प्रवासी नेपालीलाई जोड्नका लागि नेपाली काँग्रेसले जनसम्पर्क समन्वय विभाग विधानत घोषणा गर्ने गर्छ । हालसम्म ३७ देशहरुमो विभागको संजाल स्थापना भइसकेको छ भने नेपालीहरु रहेको सबै देशमा संजाल विस्तार गर्ने विभागले लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार