
स्किलिङ, रोस्किलिङ र अप्स्किलिङ नेपालको विषयमा। Skilling Nepal-को सन्दर्भ हरेक नेपाली कुनै न कुनै सिपले युक्त हुनुपर्छ होला । एक ब्यक्ति एक सिप सैनिक शासन झै अनिवार्य हुनुपर्छ अनि त्यसो होला । विद्यालय तहबाटै सिकाउन जरुरी छ । सिप भए रोजगारी पाउन वा ब्यबसाय गर्न सजिलो हुन्छ ।
यो एउटा ठुलो अभियान र राज्यको लक्ष्य र उदेश्य हुनसक्छ । हाम्रो अहिलेको आवश्यकता पनि हो। लामा- छोटा र physical & virtual हरेक तबरले लचिलो रूपमा कार्यक्रम तयार गर्नुपर्छ ।Reskilling Nepal- कुनै एक सिप सिकेको वा नसिकेको नेपालीले समय सन्दर्भ वा इच्छा वा आबस्यक्ताको कारणले पुनः अर्को सिप सिक्नुपर्ने हुनसक्छ । रोजगारीको कम्पनी वा पद वा काम बदल्दा पुन तालिम आबशयक पर्छ । विषय र क्षेत्र फरकफरक हुनसक्छ । रुचि र क्षमता फरकफरक हुने कारणले पनि हुनसक्छ । हावाहुरी , लैलै र फेसनमा चल्ने हाम्रो समाजमा बास्तबिक आबस्यक्ता, रुचि र आफ्नो क्षमता नहेरि सटिपिकेटका चाङ लागाउने पनि धेरै छौ। करियरको लाइनको खासै मतलब पनि हुँदैन । पैसा प्रधान हुन्छ । एक ब्यक्ति एक सिपमा मात्रै राज्यको पहिलो प्राथमिकता हुनुपर्छ ।


त्यससँगै र त्यसैले रिस्किलिङ पनि निकै सान्दर्भिक छ । Upskilling Nepal- कुनै एक सिप सिकेको ब्यक्तिले त्यही विषयका थप सिपहरु सिक्न सकिन्छ । झन सिपालु हुदै जान्छ । तह १/२/३/४ गर्दै आफुलाइ बिज्ञ बनाउनेतर्फ लाग्नेछ । सिलाइ सिक्नेले त्यहि पेशामा लामो समय गहिरो मिहिनेत र अनुभवबाट सिकिरहने छ। समय समयमा लेभल अनुसारको तालीम चाहिन्छ । प्रबिधि र नयाँ विषयका बारेमा सिक्नु र सिकाउनुपर्छ । यो पनि निरन्तर चलिरने प्याकेज हो। राज्यले यसको कोर्स र मोडल बनाइ व्यावसायि र पेशा कर्मिहरुलाइ Upgrading Package दिनुपर्छ। बेरोजगारलाइ मात्रै हैन। व्यावसायि अब्बल र सब्बल भयो भने मात्रै थप रोजगारी सिर्जना हुन्छ । तबमात्र उ प्रतिस्पर्धामा र नयाँ नयाँ बिसयमा अपडेट हुन्छ । बजारमा अब्बल हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउछन् । अनि मात्र दीगोपन हुनसक्छ । सिप सिकेको , तालिम प्राप्त भएको र पेसामा निरन्तर खटिएका ब्यक्तिहरुको कमाई , सामाजिक प्रतिस्ठा र आत्मसम्मान उच्च भयो भने मात्रै अरु नयाँ र बाकिले पनि अनुकरण गर्नेछन् ।