केन्द्रीय चलचित्र जाँच समितिले पायो पूर्णता, पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली नियुक्त

२०८२ जेष्ठ २३, बिहीबार १५:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त भएका छन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णयबाट बुधबार उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् ।

यसअघि नै चलचित्रकर्मी सम्पन्न श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य कुबेर गिरी विगत दुई दशकदेखि कला पत्रकारितामा सक्रिय छन् । उनले विभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनमा चलचित्र समाचारको रूपमा काम गरेका छन् । पछिल्लो समय उनी रातोपाटी डटकममा कार्यरत छन् । गिरी चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

त्यस्तै, अर्की नवनियुक्त सदस्य भीमा मैनालीको पनि चलचित्र क्षेत्रमा दुई दशक लामो अनुभव छ । उनले कलाकार, लेखक र निर्देशकका रूपमा काम गरेकी छन् । मैनालीले यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् ।

उनको पछिल्लो फिल्मको रुपमा ‘खेल’ रिलिज भएको थियो । टिभी सिरियल ‘सक्किगो नि’मा उनी मैनाको रोलमा देखिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय