जगदुल्ला जलविद्युतको पहुँचमार्गमा पर्ने भिर फुटाउने जिम्मा शेर्पा हाइड्रोलाई, १० करोडमा पायो ठेक्का

२०७९ माघ २४, मंगलवार १२:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जगदुल्ला जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने भिर फुटाउने जिम्मा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिले पाएको छ।

जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड निकालेको ठेक्का कम्पनीले हात पारेको हो। १० करोड २६ लाख रुपैयाँमा ठेक्का पाएको छ। पहुँचमार्गमा पर्ने भिर फुटाउन निकालिएको ठेक्कामा शेर्पा हाइड्रो कन्स्ट्रक्सन र कङग्री/एडी जेभी प्राविधिक प्रस्तावमा पास भएका थिए। आर्थिक प्रस्तावमा शेर्पा हाइड्रो छनोट भएर ठेक्का पाएको हो। एक वर्षमा काम सक्नुपर्ने गरी जिम्मा दिइएको कम्पनीले जनाएको छ।

अहिले जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणको काम भइरहेको छ। पूर्वाधार विकास कार्यालय डोल्पाले ४५ किमी पहुँचमार्ग निर्माण गरिरहेको हो। करिब ५ किमी ट्रयाक खोल्न बाँकी छ।

कम्पनीका अनुसार ८.५ किमी खण्डमा ६ वटा ठुला ठुला भिरहरु छन्। ब्रेकर लगाएर फुटाउन नसकिएपछि बिष्फोटक पदार्थ प्रयोग गरेर भिरहरु फुटाउन लागिएको हो। डोल्पाको त्रिवेणीदेखि इल्लासम्म पहुँचमार्ग निर्माणको काम भइरहेको छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्व तयारीको काम चलिरहेको छ। यो वर्ष तयारी सकेर आगामी वर्षबाट निर्माणका जाने योजना रहेको छ। २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ।source :bizmandu

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय