नेपाल घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, शोभा गुरुङ अध्यक्षमा निर्वाचित

२०८३ असार २६, शुक्रबार ०२:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौं, असार २५, २०८३। नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट श्रीमती शोभा गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी केन्द्रीय महिला उद्यमी समितिको २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट श्रीमती रीता अवाल अध्यक्षमा निर्वाचित हुनुभएको महासंघले जनाएको छ।

महासंघले माइतीघरस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नवनिर्वाचित केन्द्रीय कार्यसमिति तथा महिला उद्यमी समितिको औपचारिक घोषणा गरेको हो। महासंघका अनुसार महाधिवेशन गत असार २१ र २२ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा सम्पन्न भएको थियो।

नवनिर्वाचित केन्द्रीय कार्यसमिति

महासंघको वरिष्ठ उपाध्यक्षमा डम्बर प्रसाद रेग्मी निर्वाचित हुनुभएको छ। उपाध्यक्षहरूमा पूर्ण बहादुर भण्डारी (लघु उद्यम), सत्य नारायण अग्रवाल (घरेलु उद्योग), यादव कुमार अधिकारी (साना उद्योग), हरीहर थापा (अन्तर्राष्ट्रिय सम्बन्ध), जानकी प्रधान (महिला), मोहन कटुवाल (वस्तुगत), रामनाथ मैनाली (एसोसिएट), सत्य नारायण प्रजापती (सहकारी), चन्द्रबहादुर बुढा क्षेत्री (कृषि) तथा गुणराज ढकाल (नविकरणीय ऊर्जा) निर्वाचित हुनुभएको छ।

त्यसैगरी विनोद देव पन्त महासचिव, बिरेन्द्र जती कोषाध्यक्ष, प्रेमबहादुर डी.सी. सचिव तथा हेम विक्रम जी.सी. सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

केन्द्रीय महिला उद्यमी समितिको नेतृत्व

महिला उद्यमी समितिको अध्यक्षमा रीता अवाल, वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्षहरूमा शर्मिला खत्री (उद्यम व्यवसाय)सोनी महतो (संगठन) निर्वाचित हुनुभएको छ।

त्यसैगरी सुलोचना श्रेष्ठ महासचिव, मिना तामाङ कोषाध्यक्ष तथा दिपा शाक्य सचिवमा निर्वाचित हुनुभएको छ।

अर्थतन्त्रमा लघु तथा साना उद्योगको महत्वपूर्ण योगदान

पत्रकार सम्मेलनमा महासंघले प्रस्तुत गरेको तथ्यांकअनुसार नेपालमा हालसम्म ६ लाख ४८ हजार ५७७ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन्, जसमध्ये करिब ५० प्रतिशत उद्योग सञ्चालनमा रहेका छन्।

देशमा सञ्चालित उद्योगमध्ये ९५ प्रतिशतभन्दा बढी उद्योग लघु, घरेलु तथा साना उद्योग रहेका छन्। यस क्षेत्रले प्रत्यक्ष रूपमा कुल गार्हस्थ उत्पादन (GDP) मा करिब ६ प्रतिशत योगदान पुर्‍याइरहेको छ भने अनौपचारिक क्षेत्रमा संलग्न करिब ५ लाख परिवारलाई समेत समेट्दा कुल योगदान झण्डै १३ प्रतिशत पुग्ने महासंघको दाबी छ।

महासंघका अनुसार यस क्षेत्रले झण्डै ३५ लाख जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको छ भने नेपालको निर्यात व्यापारको आधाभन्दा बढी हिस्सा पनि यही क्षेत्रबाट योगदान भइरहेको छ।

उद्योगमैत्री नीति आवश्यक

नवनिर्वाचित अध्यक्ष शोभा गुरुङले कोभिड–१९ महामारीपछि उत्पादनमूलक उद्योग व्यवसाय अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको उल्लेख गर्दै सरकारबाट प्रभावकारी राहत, सहुलियत तथा उद्योगमैत्री नीति आवश्यक रहेको बताउनुभयो।

उहाँले स्टार्टअप उद्यम प्रवर्द्धन, युवा उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, नीति तथा कानुनी सुधार, स्थानीय कच्चापदार्थको उपयोग तथा निर्यात प्रवर्द्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

देशभर महासंघको सशक्त सञ्जाल

महासंघका अनुसार हाल देशभर ३५० भन्दा बढी पालिका संघ, ७७ जिल्ला संघ७ प्रदेश संघ सक्रिय छन्। साथै ५० हजारभन्दा बढी उद्यमी प्रत्यक्ष सदस्य तथा करिब १५ हजार महिला उद्यमी महासंघको सञ्जालमा आबद्ध रहेका छन्।

महासंघअन्तर्गत २७ वटा वस्तुगत संघ, एसोसिएट सदस्य, उत्पादनमूलक सहकारी तथा वैकल्पिक ऊर्जा क्षेत्रका हजारौँ व्यवसायी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण
​खुल्ला सदस्य (पद संख्या-१४)
​१. श्री अमृत प्रसाद सिग्देल – निर्बिरोध निर्वाचित
२. श्री अष्टमान महर्जन – निर्बिरोध निर्वाचित
३. श्री कनैयालाल कसौधन – निर्बिरोध निर्वाचित
४. श्री जंग बहादुर गिरी – निर्बिरोध निर्वाचित
५. श्री पवन अधिकारी – निर्बिरोध निर्वाचित
६. श्री प्रदिप प्रसाद उदय – निर्बिरोध निर्वाचित
७. श्री फुर्वा दोर्जे शेर्पा – निर्बिरोध निर्वाचित
८. श्री बसन्त कुमार महर्जन – निर्बिरोध निर्वाचित
९. श्री बिक्रम सापकोटा – निर्बिरोध निर्वाचित
१०. श्री लवराजा सिंह – निर्बिरोध निर्वाचित
११. श्री लक्ष्मण ग्वाछा – निर्बिरोध निर्वाचित
१२. श्री शिवलाल गिरी – निर्बिरोध निर्वाचित
१३. श्री सितम भण्डारी – निर्बिरोध निर्वाचित
१४. श्री सुर्य बहादुर थापा – निर्बिरोध निर्वाचित
​महिला सदस्य (पद संख्या-७)
​१. श्री उमा कुमारी खत्री – निर्बिरोध निर्वाचित
२. श्री कमला वास्कोटा रिजाल – निर्बिरोध निर्वाचित
३. श्री तुलसा कुमारी कंडेल – निर्बिरोध निर्वाचित
४. श्री रुपा देवी श्रेष्ठ – निर्बिरोध निर्वाचित
५. श्री लक्ष्मी घिमिरे बस्नेत – निर्बिरोध निर्वाचित
६. श्री लिला कुमारी पाण्डे – निर्बिरोध निर्वाचित
७. श्री शर्मिला अधिकारी – निर्बिरोध निर्वाचित
​सदस्य (वस्तुगत संघ) (पद संख्या-६)
​१. श्री कुमार कसजु श्रेष्ठ – निर्बिरोध निर्वाचित
२. श्री डिमा शेर्पा – निर्बिरोध निर्वाचित
३. श्री ठाकुर प्रसाद न्यौपाने – निर्बिरोध निर्वाचित
४. श्री राम कृष्ण श्रेष्ठ – निर्बिरोध निर्वाचित
५. श्री रामहरी तोलाड – निर्बिरोध निर्वाचित
६. श्री रीता ढकाल दवाडी – निर्बिरोध निर्वाचित
​सदस्य (एशोसियटस) (पद संख्या-५)
​१. श्री ईन्द्र बहादुर थापा क्षेत्री – निर्बिरोध निर्वाचित
२. श्री खड्क बोगटी – निर्बिरोध निर्वाचित
३. श्री खोजराज कटुवाल – निर्बिरोध निर्वाचित
४. श्री बसन्त कुमार पाण्डे – निर्बिरोध निर्वाचित
५. श्री मन्दिरा महर्जन – निर्बिरोध निर्वाचित
​सदस्य (सहकारी) (पद संख्या-५)
​१. श्री अमृत बहादुर कार्की – निर्बिरोध निर्वाचित
२. श्री कृष्णराम ग्वाछा – निर्बिरोध निर्वाचित
३. रिक्त – उम्मेदवारी नपरेको
४. रिक्त – उम्मेदवारी नपरेको
५. रिक्त – उम्मेदवारी नपरेको
​सदस्य (नविकरणीय उर्जा) (पद संख्या-५)
​१. श्री एब बहादुर मगर – निर्बिरोध निर्वाचित
२. श्री कृष्ण प्रसाद ढकाल – निर्बिरोध निर्वाचित
३. श्री तेज नारायण ठाकुर – निर्बिरोध निर्वाचित
४. श्री प्रकाश विक्रम बस्नेत – निर्बिरोध निर्वाचित
५. श्री सुलोचना खतिवडा – निर्बिरोध निर्वाचित
​केन्द्रीय महिला उद्यमी समिति
​अध्यक्ष (पद संख्या-१): श्री रीता अवाल – निर्बिरोध निर्वाचित
​वरिष्ठ उपाध्यक्ष (पद संख्या-१): श्री शान्ति शर्मा – निर्बिरोध निर्वाचित
​उपाध्यक्ष (उद्यम व्यवसाय) (पद संख्या-१): श्री शर्मिला खत्री – निर्बिरोध निर्वाचित
​उपाध्यक्ष (संगठन) (पद संख्या-१): श्री सोनी महतो – निर्बिरोध निर्वाचित
​महासचिव (पद संख्या-१): श्री सुलोचना श्रेष्ठ – निर्बिरोध निर्वाचित
​कोषाध्यक्ष (पद संख्या-१): श्री मिना तामाङ – निर्बिरोध निर्वाचित
​सचिव (पद संख्या-१): श्री दिपा शाक्य – निर्बिरोध निर्वाचित

उद्योग विकासमा सहकार्यको प्रतिबद्धता

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा संस्थागत क्षमता अभिवृद्धि, उद्योगमैत्री नीति निर्माण, महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महासंघले लघु, घरेलु तथा साना उद्योग नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा निर्यात वृद्धिको प्रमुख आधार भएकाले यस क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ राष्ट्रिय बहसमा ल्याउन सञ्चारमाध्यमहरूको सक्रिय सहयोगको अपेक्षा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार