रुपन्देहीमा नेपालकै ठुलो कृषिबजार संञ्चालनमा आउने

२०७९ चैत्र १२, आईतवार १२:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देहीको मणिग्रममा निजिक्षेत्रको लगानिमा निर्माण गरिएको आधुनिक सुबिधा सम्पन्न नेपालकै ठूलो लुम्बिनी कुषिउपज थोकबजार बैशाख १ गते देखि पूर्ण रुपमा संचालनमा आउने भएको छ ।

संस्थाका संञ्चालकहरुको बिशेष भेलाले नयाँ बर्ष २०८० संगै बैषाख १ गते बाट बजार पूर्ण रुपमा संञ्चालनमा ल्याउने र्निणय गरेको संस्थाका अध्यक्ष भिमकान्त पन्थिले जानकारी दिए ।

३ बिगाहा क्षेत्रफलमा फैलिएको यो थोक बजारमा १ सय ७८ वटा ब्यावसायीक सटर रहेका छन् । तरकारी फलफुलको यो थोक बजारमा किसानहरुको कृषि उपज बेचबिखनका लागि किसान चौतारीमा निशुल्क सटरको ब्यवस्था समेत गरिएको छ ।

भेलामा सेयर सदस्य बिष्णु खनालले बृहत रुपमा निर्माण गरिएको यो बजारको निकै महत्व रहेको र यसले किसान थोक ब्यावसायी र उपभोक्त माजा पुलको कामगर्ने बताए |

दामोदर खनालले यो बजार प्रति बिभिन्न ब्यक्ति संघ सस्थाले निकै चासो र सम्भावनाका साथ हेरेको बताउदै यस बजारलाई कृषि सुचना केन्द्रको रुपमा बिकास गर्न सकिने जानकारी दिए ।

भेलामा संञ्चालक गोपाल भुसाल, बाबुराम भुसाल, कृष्ण पोख्ररेल,महमद याकुव, टेकराज पन्थि लगाएतले कोरोना कालमा स्थापना भएको निजि क्षेत्रको बजारले निकै महत्व राख्ने बताए ।

तिलोत्तमा नगरपालिकाको कफी कम्पनी सँगै मणिाग्रममा यो बजार स्थापाना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय