आफ्नै लगानीमा स्थानीयले बनाए काठे पुल

२०८१ आश्विन ८, मंगलवार ०९:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धनगढी।  कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्।

कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका स्थानीयले काठे पुल निर्माण गरेका हुन्।  गत भदौमा आएको बाढीले नदीमा रहेको पुरानो काठे पुल बगाएको थियो।  पुल बगेपछि ओहोरदोहोरमा समस्या भएकाले गाउँवासीले काठको पुल बनाएको स्थानीय जिया चौधरीले जानकारी दिनुभयो।

उहाँले सो ठाउँमा पक्की पुल निर्माणका लागि डेढ दशकदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो।  बाढीले पुल बगाउँदा महत्त्वपूर्ण कृषि सडकमा ओहोरदोहोर ठप्प भएको थियो।  धान काटेर भित्र्याउने बेला आएकाले गाउँवासीले आफ्नै लागतमा आफै काठको पुल बनाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार