सहकारी महासम्मेलनमा सहभागी हुन रजिस्ट्रेशनको समय तीन दिन बाँकी

२०७९ चैत्र १२, आईतवार ११:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदैछ।

चैत्र २३ देखि २५ सम्म काठमाडौैको याक एण्ड यती होटलमा हुने महासम्मेलनको तयारी तिब्र पारिएको छ । हरेक ५ वर्षमा आयोजना हुने महासम्मेलन सहकारी क्षेत्रको विकास, उन्नयन र प्रवद्र्धनका साथै सहकारी क्षेत्रका समस्या समाधानमा कोशेढुंगा हुने अपेक्षा गरिएको छ।

महासम्मेलनमा सहभागी हुन आगामी चैत्र १५ गतेसम्म मात्र रजिस्ट्रेशनको समय रहेको महासंघले जनाएको छ। चैत्र १० गतेसम्म रजिस्ट्रेशन शुल्क १५ हजार रुपैयाँ रहेको थियो । त्यसपछि महासंघले १७ हजार रुपैयाँ पुर्याएको थियो । चैत्र १५ गतेपछि रजिस्ट्रेशन बन्द हुने महासंघले जनाएको छ। तीन दिन भित्र रजिस्ट्रेशन गर्न समेत महासंघले अनुरोध गरेको छ। डिजिटल वालेट खल्तीएपमार्फत रजिष्ट्रेशन गरी समयमै सिट सुरक्षित गर्न सकिने छ।

महासम्मेलनमा एक दर्जन विषयहरुमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञहरुले कार्यपत्र प्रस्तुत हुने महासंघले जनाएको छ।

महासम्मेलनमा विजनेश काउन्सिल अफ को-अपरेटिभ एण्ड म्युचुअल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन र आइसीए एसिया प्यासेफिकका क्षेत्रिय निर्देशक वालु आयरले सहकारीको पहिचानबारे र जेए जेन्चु जापानका सिनियर म्यानेजर टकउ इचियाको सहकारी एकीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले डिजिटल इनोभेसन, पूर्व सचिव रामेश्वर खनालले सहकारीमा प्रभावकारी लोकतान्त्रिक शासन पद्धति, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले स्वनियमन र सुपरिवेक्षण, राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले तरलता व्यवस्थापन, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। गोविन्द पोखरेलले दिगो विकास लक्ष्य, उद्योग मन्त्रालयकी सहसचिव राधिका अर्यालले वित्तीय र लैङगिक समावेशीता, कृषि तथा बन विश्वविद्यालयका उपकुलपती प्रा।डा पुन्य रेग्मीले कृषि सहकारीरसहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले भिजन २०३० बारे कार्यपत्र प्रस्तुती गर्नेछन्।

यसैगरी महासम्मेलनमा पूर्व बैंकर अनिल केशरी शाहको उत्प्रेरणा मन्तव्य र मन्त्रालय, नेपाल उद्योग बाणिज्य महासंघ र सहकारी महासंघबीच पब्लीक–प्राइभेट–कोअपरेटिभ पार्टरसिपबारे प्यानल छलफलको कार्यक्रम पनि राखिएको छ ।

रजिस्ट्रेशन गर्न हामीले सबैलाई खुला गरिएको र खल्ती एपबाट रजिस्ट्रेशन गर्न सकिने राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन । ‘कतिपयले सहकारीका बारेमा अध्ययन गर्न र बुझ्नका लागि पनि रजिस्ट्रेशन गर्नुभएको छ । सहकारीकर्मी मात्र होइन सबै स्टेकहोल्डर सहभागी भएर सहकारीको समस्या र सम्भावनाको विषयमा व्यापक छलफल गरेर यसको दिशानिर्देश गर्ने भएकाले सबै पक्षको सहभागिता महत्वपूर्ण छ ।’

अर्थतन्त्रमा भएको संकुचनका कारण सहकारी संस्थाहरुमा समस्यामा परेका बेला अब कसरी जाने भन्ने विषय नै मुख्य भएकाले सम्मेलनमा सरोकारवाला सबै पक्ष सहभागी हुन सक्ने महाप्रबन्धकको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार