
राकुटेन भाइबरले निजी र भ्वाइस बेस्ड कम्यूनिकेशन एपमा ब्राण्ड–प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीको नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छन्, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने कम्पनीको दाबी छ ।
भाइबरले ब्राण्ड र प्रयोगकर्ताको सञ्चारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बिजनेस इनबक्स प्रस्तुत गरेको जनाएको छ । यसले व्यक्तिको नियमित च्याट स्क्रीनबाट सिधै पहुँचमा पुगी, ब्राण्ड र प्रयोगकर्ता अन्तरक्रियाका लागि सहयोग गर्नेछ ।Source:Arthik

