
काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’ सहित विशेष छुट योजना ल्याएको छ । योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्, जसअन्तर्गत एक वर्ष निःशुल्क गाडी बिमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन वर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १५ लाखसम्मको छुट रहेका छन् ।
निसान म्यागनाइट एक बिग, बोल्ड, ब्युटीफुल र ‘कारिजम्याटिक’ एसयुभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो, जसमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधा रहेका छन् । कम्पनीका अनुसार निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलअन्तर्गतको सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र छ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिनेछ ।


त्यसैगरी निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभी हो, जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिका साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्छ । निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकले फेस्टिभ डिल योजनाका सबै लाभ प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मजा लिन सक्नेछन् ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटसाथ खरिद गर्न सकिनेछ ।