स्वर्ग सरी इलाम बोलको गीत पर्यटन परियोजना विकासमा कसरी कोशेढुगां सावित? भिडियो सहित

२०७९ चैत्र ४, शनिबार १५:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रोजेक्टखवर समाचारदाता, इलाम
स्वर्ग सरी इलाम बोलको गीत  तथा पर्यटन परियोजनाको विकासको कल्पना गरी तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । इलाम आफैमा पर्यटकीय जिल्ला हुँदा हुदै पनि यसको महिमा र गरिमालाई अफ प्रस्ट पार्न र पर्यटकीय गन्तब्यको विकास उन्ततिका लागि इलामका उदीयमान कलाकार भिषण निरौला र झुमा निरौलाले गीत प्रस्तुत छन् पर्यटन परियोजनाको विकासका लागि कर्णप्रिय गीत ।

भिषण निरौलाको संगीत रहेको स्वर्ग सरी इलाम बोलको गीत बोलको गीतमा शब्द रचना गौतम डंगोल सन्देशको रहको छ । सर्जकहरु आफै निर्माता रहेको म्युजिक भिडियोले इलामका समग्र पर्यटकीय स्थानको मनोरम दृश्यवलोकन गराएको छ । एरेन्जर प्रदीप श्रेष्ठ, रेकर्डिस्ट रदीप श्रेष्ठ, रेकर्डिग स्टुडियो भोइस पुतलीसडक, भिडियो निर्देशक अन्जन शर्मा, भिडियो निर्माता कम्पनी समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रा.लि. रहेको संगीतकार एवं गायक भिषण निरौलाले जानकारी दिनुभएको छ । इलाम जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने सोचका साथ १५ जनाको सुटिगं टीमले लगातार ७ दिन लगाएर इलामका १८ वटा स्थानहरु इलामबजार, इलाम चिया बगान, बिब्ल्याटे बजार, पानीटार, माइपोखरी, देउराली, नाराणस्थान, पुवाखोला, माईखोला, आइतवारे, फिक्कल बजार, पञ्चकन्या, श्रीअन्तु, कन्याम, सानो पाथीभरा, पशुपतिनगर, सेतीदेवी, साँखेजुगंको दृष्यहरु कैद गरिएको छ ।

गीतले इलामको समग्र पर्यटकीय परियोजनामा लगानी, प्रवर्धन र विकासको आब्हान सहित आम दर्शक तथा स्रोतालाई पेश गरिएको गीतकी गायिका झुमा निरौलाले उल्लेख गर्नुभयो ।

 

 

 

 

 

 

 

 

सुमधुर गीतका मीठा शब्दहरुको भाव यस्तो रहेको छ 

यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए त्यो हो मेरो गाउँ ईलाम मेरो ठाउँ

कुहिरोमा लुकी बस्ने यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए

माइपोखरी देउरालीले संसारै भुलाउँदा

अलैची र अमलीसोले धनधान्य गराउँदा
माईखोला र पुवा खोलाले मनको गीत गाउँदा

पाथीभरा नारायणथानमा श्रद्धा अर्पण गर्दा
यहाँ माया साट्ने कुनै ठाउ भए त्यो हो मेरो गाउ
मंगलवारे आइतबारे यहि हो मेरो गाउ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए

कन्यामैले स्वागतमा छाती चौडा पार्दा
चियाबारीले लैवरीमा प्रेम गीत गाउंदा

नागबेली बाटाहरू छमछमीमा नाच्छन्
फिक्कल अनि पशुपतिले माया प्रिति लाउँछन्

यहाँ खुशी भन्ने कुनै नाउँ भए त्यो हो मेरो गाउँ
पञ्चकन्या सेतीदेवी यहि हो मेरो ठाउँ
यहाँ स्वर्ग भन्ने कुनै ठाउँ भए

अन्तु डाँडा हाँसीदिन्छ घामको झुल्को पर्दा
इलामेली निश्चल मनले नमस्कार गर्दा
यहाँ प्रीति फुल्ने कुनै ठाउँ भए त्यो हो मेरो गाउँ

हिमाल पहाड आफै आफै मुस्काउन थाल्छन्
साखेजुङ र सन्दकपुरमा लालीगुराँस फुल्छन्

नाम्सालिङ र नयाँ बजार यहि हो
मेरो गाउँ यहां स्वर्ग भन्ने कुनै ठाउ भए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय