टुँडिखेलमा महानगरपालिकाको सीप मेला

२०८१ बैशाख १९, बुधबार १३:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।

महानगरले एक महिना चल्ने मेलामा कपाल काट्ने, मोबाइल मर्मत, ब्युटीपार्लर, फर्निचर लगायत विभिन्न २९ पेसासँग सम्बन्धित सीप तालिम दिन लागेको हो। मेलामा २०८१ जनालाई सीपमूलक तालिम दिने महानगरले तयारी गरेको छ।

सीप मेलाको महानगरका उपप्रमुख  सुनिता डंगोलले उद्घाटन गर्नुभएको थियो। महानगरभित्र बसोबास गर्ने व्यक्तिलाई तालिम र रोजगारी प्रदान गर्ने उद्देश्यले वैशाख १९ गतेदेखि जेठ २५ गतेसम्म सीप मेला सञ्चालन गर्न लागेको महानगरले जनाएको छ ।

बुधबार मेलाको औपचारिक उद्घाटन भएको हो । सीप तालिम भने बिहीबारबाट सुरु हुनेछ । मेला उद्घाटन कार्यक्रममा युवाको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय