जलवायु वित्तको भुक्तानी माग गर्दै जनमार्च

२०८१ आश्विन ६, आईतवार ०६:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडाैं । निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी भएको कोषले बताएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत रमेश छलफलमा उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएको जानकारी दिनुभयो ।

उहाँले शुक्रवारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेको बताउनभयो । उहाँले  प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरेको जानकारी दिनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने वक्ताहरुल धारणा राखेको बताउनुभयो । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने वक्ताहरुले धारणा राखेको घिमिरेले बताउनुभयो ।

उहाँले कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सज्ञका सहभागीहरुले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेको पनि बताउनुभयो । उहाँले छलफलमा  कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिट,मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकलेसाना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको उल्लेख गरेको बताउनु भयो ।

जापान फाइनान्स कर्पोरेसन (जेएफसी) का वरिष्ठ अर्थशास्त्री योहेइ यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर सात अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याउने उद्देश्यले जापानी सरकारले पाँचबर्से विकास योजना ल्याएको जानकारी गराउनुभयो ।  कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले  स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महìवपूर्ण हुने धारणा राख्नुभयो । नेपालमा २७ प्रतिशत जनसङ्ख्यामा बैङ्कको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उहाँले वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर रहेको पनि उल्लेख गर्नुभयो ।

भारत हैदरावादस्थितको फिनटेक कम्पनी टी हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगलाई विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । कर्जा सुरक्षाका योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार