८४ करोडको लगानीमा नयाँ एयरलाइन्स आउँदै, ३ वटा जहाज किनेर उडान भर्ने

२०७९ चैत्र ९, बिहीबार ११:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा नयाँ एयरलाइन्स कम्पनी आउने भएको छ ।
शिवम् एयरलाइन्स नयाँ एयरलाइन्सको रूपमा आउन लागेको हो । उद्योग विभागमा शिवम् एयरलाइन्स दर्ता भएर सञ्चालनको प्रक्रियामा रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शिवम् एयरलाइन्सलाई २०७८ फागुन अन्तिममै उडान अनुमति दिएको थियो ।

उद्योग विभागमा दिनेश आचार्यको नाममा उद्योग दर्ता भएको छ । ८४ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिवम् एयरलाइन्सले ९८ जनालाई रोजगारी दिनेगरी विभागमा दर्ता भएको हो । ३ वटा जहाज किनेर उडान भर्ने छ ।

कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडानका लागि लिनुपर्ने अनुमतिको प्रक्रिया अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय