डेढ अर्बमा युपिभिसी, आल्मुनियम र फलामजन्य सामाग्री उत्पादन गर्ने उद्योग खुल्दै

२०७९ माघ ११, बुधबार ०८:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

औद्योगिक नगरी पर्साको विरगञ्‍जमा निर्माणजन्य सामाग्री, घरेलु र औद्योगिक प्रयोजनका समाग्रीहरु उत्पादन गर्ने उद्योग सञ्‍चालनमा आउने भएको छ ।

वीरगञ्ज महानगरको वार्ड ३२ मा उद्योग खोल्ने गरेर २० पुसमा दुबाल इन्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता भएको छ ।

आल्मुनियम, युपिभिसी, फलाम, रबरजन्य निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव छ । जसमध्ये एक अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी र ४० करोड रुपैयाँ चालु पुँजी रहेको छ ।

यस उद्योगबाट आल्मुनियम प्रोफाइल, भाँडाहरु, च्यानलहरु, भ¥याङ तथा अन्य उत्पादन (निर्माण सामाग्री, घरेलु उत्पादन र औद्योगिक उत्पादन) वार्षिक २४ हजार मेट्रिकटन उत्पादन हुनेछ ।

यस्तै, आल्मुनियम सिट एन्ड सर्कल १२ हजार मेट्रिकटन, युपिभिसी प्रोफाइल ६ हजार मेट्रिकटन, ढोका तथा झ्यालका हार्डवेयर सामान २ सय मेट्रिकटन, ग्यासकेट र रबर एक हजार मेट्रिकटन, आल्मुनियम कम्पोजिट प्यानल (एसीपी) ५ हजार मेट्रिकटन उत्पादन हुने बताइएको छ ।

उद्योगले स्टिेनलेस स्टिल पाइप ५ हजार मेट्रिकटन, सिलिकन तथा अन्य टाँस्ने सामाग्री ३ हजार मेट्रिकटन उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

शतप्रतिशत स्वदेशी लगानी रहने यो उद्योग सञ्‍चालनमा आउँदा एक सय ५६ जनाले रोजगारी पाउने छन् । उद्योग सञ्‍चालनका लागि तीन हजार केभीए क्षमताको बिजुली आवश्यक पर्ने बताइएको छ ।

पछिल्लो समय बारा–पर्सा क्षेत्रमा टायल उत्पादन पनि सुरु भएको छ । विदेशबाट आयात गरिने टायल स्वदेशमै उत्पादन सुरु हुन थालेपछि अरु थुप्रै टायल उद्योगहरु दर्ता भएका छन् । Source:Nepalhomes

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार