
सन् १९६१ मा स्थापना भएको चितवन कै पुरानो मेघौली विमानस्थालको स्तरोन्नति हुने भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मिति २०७९/१२/०६मा मेधौली विमानस्थालको धावनमार्ग स्तरोन्नति र तारबार लगायत कार्यहरुको टेन्डर आव्हान गरेको छ।चितवन राष्ट्रिय निकुञ्जको आगनमा अबस्थित यो विमानस्थल पश्चिम चितवनको एक महत्वपुर्ण पर्यटन पुर्वाघार र भरतपुरको वैकल्पिक विमानस्थल हुनेछ।यो सगैं भरतपुर महानगर लाई दक्षिण एसिया कै नमुना शहर बनाउने हाम्रो महाअभियानमा नयाँ आयाम थपिएको छ।
भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् ।चितवनको पश्चिमी भेगमा अवस्थित मेघौली पर्यटकीय हिसाबले महत्वपूर्ण छ।

