एनआईसी एशिया बैंकले ३६ ठाउँको घरजग्गा बिक्री गर्दै

२०७९ माघ १४, शनिबार १३:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ सम्पत्ति अर्थात घर-जग्गाहरु बिक्री गर्ने भएको छ ।

बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्‍न ३६ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जनाएको हो । बैंकको सूचनमा भनिएको छ, ‘गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ ।’

बैंकले मालपोत कार्यालय धनकुटाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय मुगु कार्यालयको लगतमा दर्ता कायम रहेको ४ ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय भरतपुरको लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बिक्री गर्न लागेको सार्वजनिक सूचनमा उल्लेख गरेको छ ।

यस्तै, मालपोत कार्यालय बाराको लगतमा दर्ता कायम रहेको २ ठाउँको र मालपोत कार्यालय विराटनगर मोरङको लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बेच्‍ने भएको छ ।

बैंकको मालपोत कार्यालय इनरुवाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय रंगेली मोरङ कार्यालयको लगतमा दर्ता कायम रहेको ५ ठाउँको, मालपोत कार्यालय लगनखेल लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय परासी, नवलपरासी(वर्दघाट सुस्ता पश्चिम)को लगतमा दर्ता कायम रहेको १ ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

यस्तै, रौतहट जिल्लाको मालपोत कार्यालय गरुडामा लगत दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय चन्द्रनिगाहपुर लगतमा दर्ता कायम रहेको १ ठाउँको, मालपोत कार्यालय घोराहीको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय जुम्लाको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय सुर्खेत कार्यालयको लगतमा दर्ता कायम भएको ६ ठाउँको जग्गा बिक्री गर्नेछ ।

बैंकको सम्पत्ती खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाहरुले सात दिनभित्र बोलपत्र पेस गर्न सक्ने बैंकले जनाएको छ ।

बोलपत्र फाराम त्रिपुरेश्‍वरस्थित राधावनमा रहेको बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा बुझाउनुपर्ने छ । उक्त फाराम एक हजार रुपैयाँ तिरेर कर्जा असुली विभाग, त्रिपुरेश्‍वरबाटै प्राप्त गर्न सकिने छ ।Source:https://www.nepalhomes.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय