
नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ
नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ ।
टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।


नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो ।

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्डको प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।