काठमाडौं विश्वविद्यालयले नेपालमा ल्यायो पहिलो हाइड्रोजन कार

२०८० कार्तिक १९, आईतवार १५:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा पहिलो पटक हाइड्रोजनबाट चल्ने गाडी आएको छ । उक्त गाडी शनिबार काठमाडौं विश्वविद्यालयमा आइपुगेको हो ।

काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने गाडीलाई नेपालमा ल्याएको हो । काठमाडौं विश्वविद्यालयस्थित ग्रीन हाइड्रोजन ल्याबमा यो गाडी र हाइड्रोजन रिफ्युलिंग स्टेसन रहेको ल्याबका प्रमुख विराज सिंह थापाले जानकारी दिएका छन् ।

उक्त गाडीलाई नेपाल आयल कर्पोरेसनको सहयोगमा ल्याइएको हो ।

काठमाडौं विश्वविद्यालयमा लामो समयदेखि हाइड्रोजनलाई इन्धनका रुपमा वैकिल्पक प्रयोग गर्नेबारे अध्ययन तथा अनुसन्धान भइरहेको छ । सोही क्रममा यो गाडीलाई नेपालमा ल्याइएको हो । थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘औपचारिक उद्घाटन हुन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार