बनस्थलीमा स्मार्ट अभियान अनलाईन सपिगं शोरुमको उद्घाटन

२०७९ चैत्र ३, शुक्रबार ०८:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्मार्ट अभियान अनलाईन सपिगं प्रा. लि. ले बनस्थलीमा आफनो औपचारिक शोरुमको उद्घाटन गरेको छ । मल्टिभेन्डर इकमर्सकाको अवधारणाकासाथ शूरुभएको स्मार्ट अनलाईन शपिगंले १०० भन्दा बढी भेन्डरहरुसंग सम्झौता गरी आफ्नो कार्य सुचारु गरेको छ । कम्तीमा ७००० जना युवालाई रोजगारीको ग्यारेन्टी गरी आफ्नो अभियान शुरु गरेको कम्पनीका संचालक राजु गोतामेले जानकारी दिनुभयो ।

कार्यक्रमको औपचारिक उद्घाटन स्वतन्त्र राष्टिय अभियानका संयोजक स्वागत नेपालले गर्नु भएको थियो भने कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो योग्यता क्षमता प्रदर्शन गरेर सिद्ध हस्त भइसक्नु भएको उत्कृष्ट ब्यवसायीहरु तथा सामाजिक अभियानताहरुको विशेष उपस्थिति रहेको थियो । नेपालमा उत्पादित घरायसी सामानहरुको विशेष ब्रान्डिगं तथा मार्केटिगं गर्ने सोचका साथ स्थापना भएको स्मार्ट अनलाईन सपिगं ले अव हरेक नेपालीका घरायसी अनि आधारभूत आवश्यकताहरु पूरा गर्ने लक्ष्यका साथ आफ्ना ब्यवसायिक गतिविधिहरु संचालन गर्दै आएको छ ।

अनलाईन सपिगंले आम भेन्डरहरुलाई आफ्नो ब्यवसायको दर्ता गरी आफ्ना उत्पादनहरु विक्रीवितरणका लागि आह्वान गरेको छ । कम्पनीले ब्यवसायको प्रवर्धन तथा मार्केटिगंको लागि विशेष योजना तयार पारी कार्य प्रारम्भ गरिसकेको कम्पनीका अध्यक्ष कविता थापाले जानकारी दिनुभयो । बेरोगगार रही के काम गरौँ भन्ने युवाहरुका लागि उचित रोजगारमुलक अवसर रहेको र आम युवाहरुलाई अभियानमा जोडिनलाई कम्पनीले विशेष आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार