चितवन पटिहानीमा ८५ करोड लगानीको रिभर ब्यांक जंगल रिसोर्ट

२०८० मंसिर ५, मंगलवार ०४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चितवनको पटिहानीमा ८५ करोड रुपैयाँ लगानीमा रिभर ब्यांक जंगल रिसोर्ट निर्माण भएको छ। भरतपुर महानगरपालिका वडा २२ मा निर्माण भएको रिसोर्ट ५ विघा क्षेत्रफलमा फैलिएको छ भरतपुरबाट १८ किलोमिटर टाढा रहेको रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको किनारमा छ।

आन्तरिक र बाह्य पर्यटनलाई लक्षित गरेर रिसोर्ट बनाइएको सञ्चालक दीपेन्द्र जोशीले बताए । उनले भने, ‘विगत ४ वर्षबाट निर्माण थालिएको रिसोर्ट आगामी जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गरिने छ । १६ वर्षदेखिको हस्पिटालिटी अनुभवलाई निरन्तरता दिन हाइ इन लक्जरी रिसोर्टका रुपमा यसलाई निर्माण गरिएको हो । चितवनको पर्यटकीय केन्द्र पटिहानी क्षेत्रलाई पर्यटन उद्योगसँग जोड्न र निकुञ्जको अवलोकन गराउने गरी रिसोर्ट निर्माण गरेको सञ्चालक जोशीले बताए।

विगतमा जगतपुरको टाइगरल्याण्ड रिसोर्ट सञ्चालन गरेका जोशीले अहिले पटिहानी क्षेत्रबाट निकुञ्जको अवलोकन गरी मनोरञ्जन लिन रिसोर्ट तयार गरेको जानकारी दिए। रिसोर्टमा ४६ कोठा छन्। रिसोर्टमा २ वटा स्वीट, २४ वटा प्रिमियम र ८ वटा नर्मल कोठा छन्। त्यस्तै अन्य १० वटा स्ट्याण्डर्ड कोठा तयार गरिएका छन्।

यहाँ रहेका २ वटा सुविधा सम्पन्न हलमा १ सय बढीले सेवा लिन सक्ने छन् । एउटा रेष्टुरेन्ट, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा र गार्डेनको पनि सुविधा छ’रिसोर्टमा ७० जनाले रोजगारी प्राप्त गर्ने छन्,’ सञ्चालक जोशीले भने’रिसोर्टको भिल्लाको बाहिरी आकृति र आन्तरिक साजसज्जा थारु संस्कृति र परम्परालाई आधुनिकीकरण गरेर निर्माण भएको छ ।’ स्थानीय शैली, जंगल र नदी किनारमा भएको रिसोर्टमा ३४ वटा कोठा राप्ती नदीनिकुञ्जतर्फको अवलोकन गर्ने गरी निर्माण भएका छन् ।

रिसोर्टका सबैजसो भिल्लाबाट राप्ती नदी र निकुञ्जको दृश्य देख्न सकिन्छ असाधारण आतिथ्य, विश्व- स्तरीय सुविधा र अतुलनीय प्राकृतिक सौन्दर्यले अतिथिलाई विलासी र अविस्मरणीय अनुभव प्राप्त हुने गरी रिसोर्ट तयार भएको जोशीले बताए। उनले भने, विश्व प्रसिद्ध गन्तव्य बन्न र वातावरण दिगोपन मार्फत पर्यटन उद्योगमा उत्कृष्टताको विरासत कायम राख्न रिसोर्ट सफल हुनेछ ।

रिसोर्ट व्यवस्थापनमा चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेन
रिसोर्ट व्यवस्थापनको जिम्मा चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेनले गर्ने गरी नोभेम्बरमा सम्झौता गरिएको छ। आगामी ३० वर्षका लागि विन्डमसँग व्यवस्थापन सम्झौता गरिएको सञ्चालक जोशीले बताए ।

उनले भने, ‘यसका विश्वभर ९ हजार ५ सय आउटलेट छन् । विश्वमा नम्बर १ व्यवस्थापन ब्रान्ड हो यो,जोशीले भने, ‘रिभर भ्यू रिसोर्ट भएको र अमेरिकन व्यवस्थापक ब्रान्ड भएकाले विश्वका पर्यटक र विशेष गरी यूरोपियन, अमेरिकन पर्यटकको रोजाइमा पर्ने छ विश्वको हस्पिटालिटी क्षेत्रमा नम्बर वान चेन ब्रान्ड भएकाले यसले चितवनको पर्यटन उद्योगको विकासमा सहयोग गर्ने विश्वास लिएको उनको भनाइ छ ।

‘पछिल्लो समय बाह्य पर्यटकका लागि राष्ट्रिय निकुञ्जको किनारमा राखेर सेवा प्रदान गर्न सकिने भएसँगै पटिहानी रोजाइमा परेको छ,’ जोशीले भने’पर्यावरण पर्यटन, ढुंगा, जंगल सफारी, थारु भिलेज टुर, थारु कल्चर डान्स र चितवन निकुञ्जको वातावरणले आकर्षण थपेको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार