अवसर: उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमका लागि आवेदन आव्हान

२०८० बैशाख ३१, आईतवार १०:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय युवा परिषद्ले सहुलियतपूर्ण कर्जा सहजिकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमका लागि आवेदन खुलाएको छ । १६ वर्ष उमेर पूरा भई ४० वर्ष उमेर ननाघेकाले तालिमका लागि आवेदन दिन पाउनेछन् ।

विदेशबाट फर्किएका नेपालीका लागि भने उमेर हदबन्दी नरहने परिषद्ले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । उद्यम सुरुवात गर्न लागेकाहरूले तालिमका लागि आवेदन दिन पाउनेछन् ।

“नयाँ उद्यम सुरुवात र त्यसको विकास कसरी गर्ने, व्यवसाय सुरुवात गर्दा योजना निर्माण तथा खर्च व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा तालिम सञ्चालन गरिनेछ,” राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी अशोक पराजुलीले भने, “तालिममा सरकारले विभिन्न विधामा दिने सहुलियतपूर्ण कर्जा कार्यक्रमहरूको बारेमा पनि सहभागिलाई अभिमुखीकरण दिइने छ । सहुलियतपूर्ण कर्जा कसरी पाइन्छ, के-के कागजात पेश गर्नुपर्छ भन्नेबारे तालिममा सहभागिले जानकारी पाउनेछन्”

आवेदन दिँदा आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र र विदेशबाट फर्किएकाहरूको हकमा भिसा अराइभल र पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्ने राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।

तालिम ७ दिनको रहनेछ भने तालिममा सहभागीले खाजा तथा स्टेसनरी वापतको खर्च युवा परिषद् मार्फत पाउनेछन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय