
बागमती- हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’ अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसूल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको भन्दै उहाँले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गर्नुभएको छ । वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।


महाप्रबन्धक कर्णले उद्योगलाई पुनः सबल बनाउन सरकारको विशेष सहयोग आवश्यक रहेको स्पष्ट पारे ।