एनसेलले ल्यायो नयाँ प्याक सुविधा

२०८२ बैशाख ५, शुक्रबार ०७:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ | एनसेलले ग्राहकका लागि ३० रुपैयाँभन्दा कममा दैनिक रूपमा अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने नयाँ प्याक सार्वजनिक गरेको छ । कम्पनीले भ्वाइस सेवामा, एनसेलले ३९ देखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याक सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ ।

भारतमा कल गर्नुपर्ने ग्राहकलाई लक्ष्य गर्दै ४९ रुपैयाँमा २८ दिनसम्म मान्य आईएलडी प्याक पनि एनसेलले ल्याइएको कम्पनीको भनाइ छ, जसले भारतमा प्रतिमिनेट २.९९ रुपैयाँमा फोन गर्न सुविधा दिने कम्पनीको भनाइ छ । त्यसैगरी ५ सय ९९ रुपैयाँमा ग्राहकले ८४ दिन अर्थात् झन्डै ३ महिनासम्म प्रयोग गर्न मिल्ने ९ सय ९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।

सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याक सार्वजनिक गरेको छ । रू. ९९ पर्ने पहिलो प्याकमा ग्राहकले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । रू. २,४९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र रू. २९.८ मा झारेको छ ।

ग्राहकले यी प्याक *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्छन् ।

सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरुले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । दुई हजार ४९९ रुपैयाँकोे प्याकमा ग्राहकले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय