
काठमाडौं– सन्सिल्क दशैं भाइब्स अभियानको सफलतासँगै सन्सिल्कले अब सन्सिल्क भाइब्सको रुपमा अघि बढाएको छ । यो अभियान असोज ११ देखि सुरु भई मंसिरसम्म चल्ने कम्पनीले जनाएको छ । सो अभियानमा सहभागीले दशैंको उत्सवका क्षण मात्र नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउँछ ।
यसले सहभागीलाई आफ्ना विशेष क्षणहरू सामाजिक सञ्जालमा सेयर गर्न प्रोत्साहन गरेको कम्पनीको भनाइ छ । जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुने बताइएको छ । नेपालभरका सहभागीले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षण सामाजिक सञ्जालमा साझेदारी गर्दै अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्छन् ।


साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गल्र्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गल्र्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउँछन् ।
प्रतिस्पर्धामा भाग लिनका लागि सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम/फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अंगाल्न प्रेरित गर्नु हो । सन्सिल्क भाइब्सले प्रत्येक दिनका साधारण क्षणहरूमा पनि उत्सव देखाउँछ । जहाँ कपालको सौन्दर्यले युवतीको आत्मविश्वास झल्काउँछ ।