विराटनगरमा कृषि एक्स्पो सुरु

२०८१ भाद्र २८, शुक्रबार १०:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो सुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चारदिने एक्स्पो सुरु भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए ।

उनले भने ‘लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।’ कार्कीले कोशी प्रदेशमा भौगोलिक अवस्थितिअनुसार कृषि क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताए । किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग सञ्चालनमा सहयोग गरिरहेको सुनाए ।

एक्स्पो हुने स्थानमा जम्मा ५ वटा ब्लक छुटयाइएको छ । जसमा ए मा पशुपक्षी, विमा कृषि, सि मा मेशिनरी डि मा फूड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा रहेको छ । एक्स्पोमा करीव १३० वटा स्टल रहने छन् जसमा भारतको विहार तथा कोलकत्ताबाट २० वटा स्टल आउने जनाइएको छ । उक्त एक्स्पो संचालन गर्न १ करोड खर्च हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय