सल्लाघारीमा चैत २२ देखि ११ दिने भक्तपुर औद्योगिक महोत्सव

२०८१ भाद्र २४, सोमबार १४:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भक्तपुर | नेपालीहरुको महान चाँड विजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा सल्लाघारी चौरमा आसोज ९ गते देखि १९ गतेसम्म ११ दिने भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ ।

सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा हुने महोत्सवमा स्थानीय उत्पादनहरु लगायत अन्तराष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा बिशेष टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गर्नलागेको आयोजक समितिले सोमवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

दशैंको मुखमा आयोजना हुन लागेका महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ उत्पादनहरुमा बिशेष छुटको समेत व्यवस्था हुने सम्मेलनमा जानकारी दिएको छ । उक्त महोत्सवमा भक्तपुरको मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार तथा यन्त्र, प्रविधि तथा यन्त्र,  जडिवुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचपल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरु, फर्निचर तथा फर्निसिङ, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संस्था, अटोमोवाइल्स् लगायतका रोजकार दाता निकायका गरी करीव १५० वटा स्टलहरु रहने जानकारी दिएको छ ।

अवलोकनकर्ताका लागि मनोरञ्जनका विविध खेलकुद गतिविधि रोटीपिंग, ड्रागन रेल नाउ, बोटिङ, वाटर वल्व, मिकिमाउस, ट्रेम्पालिंग, स्कोरपियो जस्ता खेलहरुको स्टल पनि रहने जनाएको छ । ११ दिने महोत्सवमा स्टल राख्न चाहनेहरुका लागि क्षेत्रफलको आधारमा ११ दिनका लागि प्रतिस्टल १८५०० देखि एक लाखसम्मको रहने छ भने भक्तपुर चेम्बर अफ कमर्सको सचिवालय सल्लाघारी भक्तपुर फोन नं. ९७४१६६४१४८ मा वा सम्पर्क स् ९७४२८८२९८२, ०१६६२०४३३, ९८०३१२३४२३, ९८१३३९८६२८, ९८४९४८६९१२, ९८४३३००७८३सम्पर्क गरि स्टल बुक गर्न सक्नेछ । दुई लाख पचास हजार दर्शक तथा उपभोक्त सहभागी हुने छ भने महोत्सव अवधिभर करिव १० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको जानकारी दिएको छ । महोत्सव प्रवेश शुल्क भने साधारणको लागि रु ७० र विद्यार्थीहरुका लागि रु ५० टिकट काट्नु पर्ने छ भने असक्त तथा जेष्ठ नागरिकको हकमा निशुल्क गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय