नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य

२०८० कार्तिक १३, सोमबार १२:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय