डिडिएको ४६ औँ बार्षिकीको फुटसल प्रतियोगितामा डिडिए रजिस्ट्रेसनको रोमाञ्चक जीत

२०८२ आश्विन ३१, शुक्रबार १५:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

औषधी व्यवस्था विभागको ४६औँ वार्षिकोत्सवको अवसरमा गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी औषधीको पहुँच सुनिश्चितता र चुस्त एवं विश्वसनीय आपूर्ति प्रणालीमा हाम्रो प्रतिबद्धता सहित स्वास्थ्य तथा आयुर्वेद क्षेत्रका स्वास्थ्यकर्मी, कर्मचारी, व्यवसायी, प्रशासक, उद्योगी तथा उद्यमीहरूबीच एकदिवसीय राष्ट्रव्यापी फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिता मिति २०८२ आश्विन ३१ गते शुक्रबार, अक्टोबर १७, २०२५० काठमाडौँको धन्येन्तरी फुटसल, हाँडीगाउँको फुटसल मैदानमा ८ वटा छनोट भएका टिमहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धी टिमहरूमध्ये पहिलो खेल अप्पुन नेपाल औषधी उत्पादक संघ र डिडिए व्यवस्थापनबीचस त्यसैगरी दोस्रो खेल नेपाल औषधी व्यवसायी संघ र डिडिए इन्स्पेक्सन शाखाबीच तेस्रो खेल नेपाल आयुर्वेद औषधी उत्पादक संघ आम्पान र नेपाल औषधी आयातकर्ता संघ मियान बीच तथा चौथो खेल नेपाल पशुपक्षी औषधी व्यवसायी संघ र डिडिए रजिस्ट्रेसनबीच सम्पन्न भएको थियो।
सबै खेलहरू हेर्नलायक तथा अत्यन्त रोमाञ्चक थिए। अन्ततः फाइनल राउन्डमा डिडिए इन्स्पेक्सन र डिडिए रजिस्ट्रेसनबीच बराबरी भएपछि पेनाल्टी सुटआउटबाट डिडिए रजिस्ट्रेसन टिम २-१ को अन्तरले विजयी भएको छ। सम्पूर्ण सहभागी खेलाडीहरूलाई प्रमाणपत्र तथा विजेताहरूलाई औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालज्यूले प्रदान गर्नुभएको थियो। खेल अत्यन्त रोचक तथा उत्साहपूर्ण रहेको आम्पानका निवर्तमान अध्यक्ष मानबहादुर साउदले जानकारी दिनुभयो। सबै औषधी व्यवसायी, उद्योगी, उद्यमी, प्रशासक, सरोकारवालाहरू तथा वितरकहरूलाई एकै स्थानमा बोलाएर यस प्रकारको मैत्रीपूर्ण खेल आयोजना गरेकोमा सबै सहभागीहरूले औषधी व्यवस्था विभागप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए। आमपानका अध्यक्ष सुमन पाण्डेयले यस प्रकारका स्वास्थ्य संगै आपसी आत्मीयता बढाउने किसिमका खेलकुद कार्यक्रमहरुको आयोजना तथा संचालन गरकोमा औषधी ब्यवस्था विभागलाई विशेष आभार एवं धन्यवाद ज्ञापन गर्नुभयो ।
औषधी व्यवस्था विभाग नेपाल सरकारको औषधी उत्पादन, प्रशोधन, वितरण तथा प्रयोगको क्षेत्रमा कार्य गर्ने एकमात्र आधिकारिक निकाय हो। राष्ट्रिय स्वास्थ्य नीति, १९९१ को उद्देश्यहरू अनुरूप यस संस्थाले औषधी उत्पादन, आयात, निर्यात, भण्डारण, आपूर्ति, बिक्री, वितरण, गुणस्तर मूल्यांकन, नियामक नियन्त्रण, तर्कसंगत प्रयोग र सूचना प्रवाहसँग सम्बन्धित गतिविधिहरूमा संलग्न सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूबीच समन्वय स्थापना गरी सुधार तथा व्यवस्थापन गर्न राष्ट्रिय औषधी नीति, १९९५ कार्यान्वयन गरेको छ। राष्ट्रिय औषधी नीतिको उद्देश्य तथा लक्ष्यहरू प्राप्त गर्नु डिडिएको लागि अर्को महत्वपूर्ण क्षेत्र हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार