इलाम विकास समाजद्वारा १६ जना विशिष्ट व्यक्तित्वहरूलाई बधाई तथा सम्मान

२०८२ श्रावण १०, शनिबार १६:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २०८२ साउन १० — इलाम विकास समाज, अनामनगर काठमाडौंद्वारा आज एक भव्य समारोहको आयोजना गरी इलाम जिल्लाबाट राष्ट्रिय तहमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका १६ जना विशिष्ट व्यक्तित्वहरूलाई बधाई, सम्मान तथा शुभकामना प्रदान गरिएको छ।

डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष श्री राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेत र पूर्वमन्त्री श्री केशव थापा विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, समाजका सल्लाहकारहरू, बौद्धिक व्यक्तित्वहरू, अग्रज, युवा तथा इलामप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा न्याय, सुरक्षा, प्रशासन, सञ्चार, शिक्षा, स्वास्थ्य, उड्डयन, ऊर्जा तथा वित्तीय क्षेत्रमा समर्पित विशिष्ट व्यक्तित्वहरूलाई सम्मानपत्र, मायाको चिनो, दोसल्ला, टोपी, टीका र माला अर्पण गरियो।

सम्मानित व्यक्तित्वहरू यसप्रकार छन्:

माननीय माननिय महेश बस्नेत, संसद सदस्य

माननीय माननिय सुहाङ नेम्वाङ, संसद सदस्य
माननीय दुर्गाप्रसाद ढुङ्गेल – न्यायाधीश, पुनरावेदन अदालत पाटन

श्री जीवन दाहाल – उपरथी, नेपाली सेना

श्री मणिकुमार श्रेष्ठ – सहायक रथी, नेपाली सेना

श्री सुरेश श्रेष्ठ – डीआईजी, सशस्त्र प्रहरी बल नेपाल

श्री युवराज अधिकारी – अध्यक्ष, नेपाल वायुसेवा निगम

श्री दिनेश डिसी – अध्यक्ष, चलचित्र विकास बोर्ड

श्री हितमान शाक्य – कार्यकारी प्रमुख, नेपाल विद्युत प्राधिकरण

श्री विष्णु घिमिरे – सदस्य, राष्ट्रिय परीक्षा बोर्ड

श्रीमती पवित्रा सुवेदी – सदस्य, शिक्षक सेवा आयोग

डा. डिल्लीराम पोख्रेल – कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

प्रा. डा. धर्मप्रसाद खनाल – क्याम्पस प्रमुख, मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान संस्था

डा. जनक कोइराला – प्रमुख, पाटन अस्पताल

श्री पिताम्बर अधिकारी – प्रमुख सञ्चालन अधिकृत, तिलगंगा आँखा प्रतिष्ठान

श्री अर्जुन भट्टराई – अध्यक्ष, गैरसरकारी संस्था महासंघ नेपाल

पुस्तक लोकार्पण पनि सम्पन्न

कार्यक्रमको विशेष आकर्षणको रूपमा “बहुआयामिक व्यक्तित्व: पदमबहादुर देवान” नामक पुस्तक र प्रा डा धर्मप्रसाद खनालको साखेजुङको बनस्पतिको बारेमा लेखेको कितावको लोकार्पण समेत गरिएको थियो।

त्यसैगरी, स्वागत गीत, शुभकामना मन्तव्य तथा सम्मानित व्यक्तित्वहरूको प्रेरणादायी भनाइहरूले समारोहलाई अझ भावनात्मक र प्रेरणादायी बनाएको थियो।

सम्मानित व्यक्तित्वहरूले मन्तव्य राख्दै इलाम विकास समाजद्वारा गरिएको सराहनीय कार्यको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि समाज, राष्ट्र र इलाम समुदायप्रतिको जिम्मेवारीमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापन सामूहिक तस्बिर खिचाइ, मायाको चिनो प्रदान तथा सौहार्दपूर्ण जलपान सहित समान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार