
सुर्यविनायक नगरपालिका वडा नं १० भक्तपुरको सिमलटरमा सिमलमार्टको औपचारिक उद्घाटन सम्पन्न सम्पन्न भयो । उद्घाटन सत्रको सभापतित्व मार्टका संचालक अध्यक्ष विकास खाताखोले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा सुनपा वडा नं १० का वडाध्यक्ष श्री शिवराम राउत, अतिथिमा सिमल्टारका अग्रग समामजेवी तथा शिक्षाविद् शेर बहादुर ङाखुसी, अतिथि सिमल्टार बाँसुरी बाजा खलका अध्यक्ष लक्ष्मीमक्त खाताखो, अतिथि सिमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पुस्कर देउजा, अतिथि सिमल्टार सामुदायिक भवन तथा खानेपानी आयोजनाका अध्यक्ष पुण्यराम हेंगजु लगायत ३०० भन्दा बढीको संख्यामा ग्राहक तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथता अथितिहरुलाई खादा तथा फुलको गुच्छाले स्वागत गर्दै प्रमुख अतिथिको तर्फबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो । उद्घाटन समाह्रोहलाई पुन्यराज हेंगजु, पुस्कर देउजा, लक्ष्मीभक्त खाताखो, शेर बहादुर ङाखुसी, एवं वडाध्यक्ष शिवराम राउत ले सम्बोधन गर्नु भएको थियो भने स्थानीय स्तरमा खुलेको मार्टले सबै दैनिक आवश्यकताका सामग्रीहरुको उपलब्धता गराएर आम उपभोक्तालाई सेवा दिन सफल रहोस् भनी सफलताको शुभकामना समेत बक्ताहरुले राख्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट मन्तवब्य दिनुहुदै वडाध्यक्ष शिवराम राउतले अन्य साना ब्यवसायीहरुको संग सहकार्य गरी स्थानीय उत्पादनको बजारीकरण र विकासमा समेत ध्यान दिदै सिमलमार्ट संचालन होस् भन्ने शुभकामना ब्यक्त गर्दै स्थानीय सरकारको साथ र सहयोग रहने विश्वास समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रमका सभापति एवं मार्ट संचालक समितिका अध्यक्ष विकास खाताखोले स्थानीय जनताको समस्या र मागको आधारमा सिमलमार्ट संचालन गरिएको जानकारी गराउंदै आगामी दिनमा स्थानीयबासीको दैनिक उपभोग्य सामग्रीको मागलाई विशेष ध्यान दिदै मार्टलाई अझ विकास गर्दै लगिने अनलाईन अर्डर तथा डेलिभरी सुविधा समेत प्रदान गरिने जानकारी गराउँदै बडा दशैको अवसरमा विशेष छुट समेत दिने जानकारी गराउनु भएको थियो । सिमलमार्ट स्थानीय ८ जना अगुवा युवाको ब्यापारिक समूहले करिव १ करोडको लगानीमा शुरु गरेको र हाल ६ जना स्थानीय युवा युवतीलाई रोजगारीको अवसर प्रदान गरिएकोछ भने ८ जनाको ब्यवसायिक समूहले सहकारी, रियलस्टेट, छापाखाना, फलफुल तथा तरकारी लगायतको क्षेत्रमा लगानी गरेको उक्त समूह भक्तपुरमा सफल ब्यापारिक समूह मानिन्छ ।

