तीन अर्ब लगानीमा यस्तो बन्दैछ लुम्बिनी प्रदेशको प्रशासनिक भवन

२०७९ फाल्गुन ७, आईतवार ०९:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन निर्माण सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री लिला गिरीले बुधबार एक कार्यक्रमबीच भवनको शिलन्यस गरे ।

भवन शिलन्यास गरिएसँगै निर्माण पनि सुरु भएको प्रदेश कार्यालयले जनाएको छ । मण्डला आकारमा निर्माण गरिने भवनमा मुख्यमन्त्री कार्यालयसहित ९ वटा मन्त्रालय भवन रहनेछन् ।

तीन अर्ब ९ करोड २९ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्‍न भवन निर्माण गर्न लागिएको प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको प्रसासनिक भवन १७ विगाह १९ कट्ठामा फैलिएको छ ।

बेसमेन्ट पार्किङ, लिफ्टसहित निर्माण गर्न लागिएको मुख्य भवन ६ तलाको अपांगमैत्री हुनेछ । तर, अन्य भवनहरु भने पाँच तलाका मात्र हुनेछन् ।

काठमाडौंको सितापाइलास्थित शर्मा/सगुन जेभीले मुख्यमन्त्री र मन्त्रालय भवन निर्माणको जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार