बजाज ग्रान्ड कार्निभलमा बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी सुरु

२०८१ आश्विन १४, सोमबार १०:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौँबाट सुरु गरेको छ ।

नाडा अटो शोबाट एन एस ४०० जेड बुकिङ गर्ने ग्राहकलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुवात गरिएको छ । अहिलेसम्मकै ठूलो पल्सर, एन एस ४०० जेडले शक्ति, प्रविधि र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउने कम्पनीको दाबी छ । बजाज पल्सर एन एस् ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ । जसले ३९ दशमलव चार बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्छ । यो ६ स्पिड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ । यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको छ ।

ग्रान्ड कार्निभल–द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण दशैँ र तिहारको बीचमा माग पूरा गर्ने उनले बताए । पल्सर एन एस् ४०० जेड अहिलेसम्मकै सबैभन्दा एड्भान्स्ड पल्सर हो । यसमा रोड, रेन, स्पोर्ट र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू छन् । साथै, स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस रहेको छ । यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रिन रहेको छ, यसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार