
काठमाडौं– नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले एक्सपेरियन्स केई टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने जनाएको छ । यही भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाटभटेनी नक्सालमा केईको इलेक्ट्रिक एसयूभी एक्स थ्री प्रो, इलेक्ट्रिक ह्याचब्याक ई क्वीट फोर र ई क्वीट टु टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको कम्पनीको भनाइ छ । सहभागीमध्ये एक जनाले पुरस्कार पाउने बताइएको छ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्राण्ड हो जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

