
काठमाडौं । दसैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले स्योरसट क्यासब्याक पाउेछन्।
साथै जति धेरै क्यूआर कारोबार गर्यो ग्राहकले त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्।


अफर अवधिभरि न्यूनतम २ सय रुपैयाँ वा सोभन्दा बढीको न्यूनतम १० वटा वा सोभन्दा बढी कारोबार गर्ने ग्राहकले २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन्।
लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरू जस्तै :– टीभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेब ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोन रहेका छन् ।
ग्राहकले मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागु हुने छ भने गेटवे भुक्तानीमा भने लागु हुनेछैन ।
यो अफर ५ असोजदेखि ३० कात्तिकसम्म लागु हुनेछ ।