तेह्रथुम बहुमुखी क्याम्पसमा चार वटा दीर्घकालिन महत्वका प्रोजेक्टहरु एकसाथ शुरुहुँदै

२०८० भाद्र २७, बुधबार १२:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मिति २०८० भाद्र २१ र २२ गते तेह्रथुम बहुमुखी क्याम्पसका लागि बिशेष महत्व रहयो उक्त दिन चारवटा दीर्घकालीन महत्व राख्ने विषय/ कार्यहरूको सुरुवात तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो।

१.त्रि.विको २ करोड ६१ लाखको आर्थिक सहयोगमा निर्माण हुने शिक्षण भवनको त्रिविका आदरणीय शिक्षाध्यक्ष प्रा. डा शिवलाल भुसाल द्वारा शिलान्यास।

२. क्याम्पसमा यसै शैक्षिक सत्र देखि व्यवस्थापन संकाय सञ्चालनको लागि सम्भाब्यता सम्बन्धी त्रिविका व्यवस्थापन संकायका डिन प्रा. डा डिल्लीराज शर्मा सहितको टोलीसंग अन्तर्क्रिया कार्यक्रम।

३.यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि बार्षिक १ लाख सम्मको स्वास्थ्यउपोचर लागि स्वास्थ्य बीमा सम्बन्धी पाँचथर अस्पताल फिदिम र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा.पशुपती अधिकारी र क्याम्पस बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न।

४. विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले QAA certified हुने प्रकृया तथा कार्यहरु र मापदण्ड सम्वन्धमा त्रिविका QAA निर्देशक सह प्रा.डा.प्रेम ब थापा लगायत संग अन्तर्क्रिया कार्यक्रम।

उक्त कार्यक्रमहरुमा त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक सह प्रा. विष्णु प्रसाद खनाल र अनुगमन सदस्य सह प्रा. हिक्मत बहादुर राय उपस्थिती रहेको थियो। सबै कार्यक्रम सफल बनाउन लाग्नु हुने, सक्रिय सहभागी हुने सम्पूर्ण प्राध्यापकहरु, कर्मचारीहरु , विद्यार्थीहरु , अभिभावकहरु, जनप्रतिनिधिहरु,पूर्वविद्यार्थीहरु, क्याम्पस व्यवस्थापन समिति सदस्यहरु, विद्यालयका प्र .अ,विवस अध्यक्ष , बैंकर लगायत सम्पूर्ण भद्रभलादमी तथा सरोकावालाहरू उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय