
राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालले नीति संवाद कार्यक्रमको आयोजना गरेको छ । अल्टरनेटिभ फाउन्डेसनसङ्गको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा,राजनीति, युवा नीति विज्ञान प्रविधि,पुर्वाधार विकास,आर्थिक विकास,सुशासन सम्बन्धि नीतिहरुका बिषयमा छलफल गरिएको हो । कार्यक्रममा नेपालको नीति निर्माण प्रक्रिया,कार्यान्वयनमा चुनौती र नीतिगत भ्रष्टाचारका बिषयमा वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा नीतिगत तहमा रहेका कमजोरीहरुलाई औंल्याउदै प्रविधि र युवामैत्री नीति निर्माणका लागि सहभागीहरुबाट सुझाव संकलन गरिएको थियो ।
राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष अधिवक्ता शशि शर्मा मजगैयाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अल्टरनेटिभ फाउन्डेसनका अध्यक्ष प्रकाश विकल्प,कोषाध्यक्ष जनक गीरी,युवा नेता अव्दुश मियाँ,अधिवक्ता रजिता थापा,काठमाडौं महानगरपालिका वार्ड नं. ३१ का अध्यक्ष सरोज ढकाल लगायतका वक्ताहरुले विषयगत क्षेत्रमा बोलेका थिए । महासङ्घका केन्द्रिय उपाध्यक्ष दिपक कार्कीको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजीकरण महासचिव राजु सुनार र कोषाध्यक्ष प्रदीप प्रसाद चौलागाईंले गरेका थिए । कार्यक्रमबाट नीतिहरुमा गर्नुपर्ने सुधारका सन्दर्भमा सहभागीहरुबाट संकलन गरिएका सुझावहरु सहितको प्रतिवेदन सरकारलाई बुझाउने आयोजकले जनाएको छ ।

