
प्रोजेक्टखवर समाचारदाता, भक्तपुर चैत्र २३ गते , २०७९
लर्निगं वीथ अर्निगं प्रोजेक्ट इन नेपाल (लेपन प्रोजेक्ट)ले मध्यपुर ठिमी नगरपालिका वडा नं ८ मा रहेको एड्भान्स एकेडेमीमा २ दिवसीय कार्यशाला सफलता पुर्वक सम्पन्न गरेको छ । पुर्व प्राथमिक, प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक तहका ४० भन्दा बढी शिक्षक शिक्षिकाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यशालाले लेपन प्रोजेक्टको विद्यालय तहमा कार्यन्वयन गर्नका लागि दक्ष प्रशिक्षकको रुपमा शिक्षक शिक्षिकाहरुलाई तयार पार्ने मुख्य उद्धेश्य लिएर कार्यक्रम आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापतिले जानकारी दिनुभयो । भक्तपुर जिल्लामै पहिलो पटक सिक्दै कमाउँदै परियोजना लागु गर्नको लागि पूर्ण रुपमा विद्यालय तयार भई लेपनका अभियानता एवं मुख्य प्रशिक्षक द्रोण पराजुलीलाई आमन्त्रण गरी उक्त परियोजनालाई विद्यालयले आत्मसात गरेको समेत प्राचार्य प्रजापतिले जानकारी दिनु भयो ।
कार्यशालामा सिक्दै कमाउदै परियोजनाको ब्यवहारिक प्रदर्शनी, प्रोजेक्ट छनौटका विधि, परियोजना प्रस्तावना लेखन तथा प्रस्तुति, प्रस्तावना उपर विस्तृत छलफल तथा सम्सोधन गरी ३ वटा उत्कृष्ट परियोजनाहरु कार्यशालाले शैक्षिक सत्र २०८० मा कार्यान्वयन गरी सम्पन्न गर्ने लक्ष्यका साथ छनौट समेत गरेर प्रकृयामा अगाडि बढेको जानकारी एड्भान्स एकेडेमीका इन्चार्ज सुरेश खवासले जानकारी दिनुभयो । टाई फर्मुला अर्थात् पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रका संभाब्य ३ वटा परियोजना छनौट सम्पन्न गरेको कार्यशालाले पर्यटनमा सास्कृतिक पर्यटनमा विद्यार्थीको सहभागितामा १५० विद्यार्थीलाई स्वरोजगार बनाउने, बृक्षारोपणसंगै आयआर्जनमा विद्यार्थीको योगदानबाट १५० विद्यार्थीलाई स्वरोजगार बनाउने अनि डिजिटल मार्केटिगं प्रविधिको प्रयोग सहित २०० विद्यार्थीलाई स्वरोजगार बनाई नियमित आयआर्जनका लागि हरेक प्रकारले विद्यालय प्रशाषन तथा शिक्षकहरुले उर्जा, हौसला तथा बातावरण प्रदान गरिने भएको हो । उक्त परियोजनाहरुबाट ५०० भन्दा बढी विद्यार्थीहरु स्वरोजगार, रोजगार र आंशिक रोजगार रहने गरी मुल्यांकन तथा शैक्षिक प्रणालीबाटै उक्त लेपन प्रोजेक्टलाई शुरुआत गरिएको हो ।
लेपन परियोजना अतिरिक्त कार्य वा अतिरिक्त बोझजस्तो कार्य नहोस् भनेर परिक्षामा सोधिने प्रश्नमा हाललाई २५ अंक अनिवार्य रुपले मूल्यांकनमा राखी बार्षिक क्यालेन्डरमा समेत समावेस गरी सिक्दै कमाउँदै परियोजनालाई संस्थागत गरिएको समेत जानकारी प्राचार्य प्रजापति ले बताउनु भयो ।
कार्यशालामा एडभान्स एकेडेमीका प्राचार्य सोमकृष्ण प्रजापतिले अनुगमन तथा मुल्यांकनको सहजीकरण गर्नुभएको थियो, सहजकर्ताको रुपमा एकेडेमीका इन्चार्ज सुरेस खवासले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने ३ वटा महत्वपूर्ण समूहहरुको निर्माण सम्पन्न हुदै गर्दा उक्त समूहको सिड्स समूहमा अनिशा चाँसी श्रेण्ठ, टीका गौतम, रीना जोशी, अस्मिता भण्डारी, सन्तोषी केसी, एलिजा थापा, सिर्जना केसी, संचिता रानाभाट, काजल थापा, सुबर्णलक्ष्मी जोशी लगायतका सदस्यहरुले कृषि परियोजनालाई अगाडि बढाउने, त्यस्तै स्प्राउट समूहका सदस्यहरु निर्वानी शर्मा, आकाश कुमाल, इनु बस्नेत, इश्वर खड्का, यसोदा खड्का, आशिका दंगाललगायतले पर्यटन विकास परियोजनमा कार्य गर्ने र ब्लोजोम ग्रुपका सदस्यहरु शुशिल प्रजापति, शुनिल बर्मा, दिपेन्द्र बराल तथा शाक्षी पटेललगायतले सूचना प्रविधि परियोजनालाई सिक्दै कमाउदै कार्यक्रमको रुपमा विकास गर्न प्रस्तावना प्रस्तुत गरी पारित समेत गराएको छ ।
यसरी सिक्दै कमाउदै परियोजना अर्थात् लेपन प्रोजेक्टलाई गौरवका साथ शुरुआत गर्न पाउँदा आफु निकै खुसी रहेको र स्थानीय अभिभावकहरुमा यस प्रकारको परियोजनाले सकारात्मक सन्देश प्रवाह हुन गई ब्यवहारिक शिक्षालाई आत्मसाथ गरेको प्रशंग उललेख गर्दै विद्यार्थीको भबिष्य शुन्दर र सफल रहने विश्वास समेत एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापतिले ब्यक्त गर्नुभएको छ ।
अन्त्यमा कसरी विद्यार्थीलाई लेपन प्रोजेक्ट संचालन गर्न मदत गर्ने सम्वन्धमा प्रशिक्षक द्रोण पराजुलीले आवश्यक योजना तथा रणनीतिको प्रशिक्षण सम्पन्न गरेपछि उक्त विद्यालयमा शैक्षिक सत्र २०८० मा कम्तीमा ५०० फरक फरक प्रोजेक्ट हुने उद्घोष सहजकर्ता तथा इन्चार्ज सुरेस खवासले बताउनुभयो ।
सबै सहभागीले कार्यशाला अत्यन्त प्रभावकारी भएको र आगामी दिनमा ती पारित गरिएका प्रोजेक्टहरु चाँडो भन्दा चांडो कार्यन्वयनमा जाने र त्यसको सकारात्मक प्रभाव अभिभावक, विद्यार्थी तथा शिक्षकमा पर्ने कुरामा सबै सहभागी प्रशिक्षार्थीहरुले विश्वास ब्यक्त गर्दै कार्यशाला समापन गरिएको छ ।

