अरुण तेस्रोको प्रसारणलाइन प्रभावितलाई मुआब्जा वितरण सुरु

२०७९ माघ १७, मंगलवार ११:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि खोटाङमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ । साकेला गाउँपालिकामा पर्ने अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंका अनुसार कात्तिकयता १६ जग्गाधनीलाई ८० लाख ८७ हजार ९ सय रुपैयाँ मुआब्जा वितरण गरिएको छ ।

उक्त पालिकाको वडा नम्वर १ बाँझेच्यानडाँडाका २९, वडा नम्वर २ रतन्छाका २०, वडा नम्वर ४ मात्तिमका १२, वडा नम्वर ५ मात्तिमविर्ताका १९ गरी ८० जग्गाधनीलाई मुआब्जा वितरण गरिने छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको करिब ९२ कित्ता जग्गा रोक्काका लागि एक साताअघि सार्वजनिक सूचना जारी गरिएको प्रमुख जिला अधिकारी सेडाईंले बताए ।

उनका अनुसार उक्त पालिकामा पनि छिट्टै नै मुआब्जा वितरण प्रक्रिया अघि बढाइने छ । साकेलामा ३९ र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४१ वटा टावर पोल राखिने छ । यसले खोटाङको करिब ६ दशमलव ४ हेक्टर जग्गा अधिग्रहण हुने छ । सङ्खुवासभाबाट भोजपुर, खोटाङको साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुरको ढल्केबर–बथनाहामा केन्द्रीय प्रसारण लाइन जोडिने छ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा हाल सुरुङ निर्माणको काम भइरहेको छ ।Source:Kantipur

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार