
अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ ।
दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् ।


आइतबार काठमाडौं आइपुगेकी उनी सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।