
प्रोजेक्टखवर समाचारदाता
कोटेश्वर ब्यवसायी संघको आयोजना, काममाण्डौ महानगरपालिका वडा नं ३२ को सहकार्यमा आयोजित २ दिने प्रथम कोटेश्वर महोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।
तपाई हाम्रो कोटेश्वर राम्रो कोटेश्वर भन्ने मूल लक्ष्य लिएर कोटेश्वरको पेशा ब्यापार र ब्यवसायको विकासमा टेवा पुगोस् र निराश ब्यवसायीको अनुहारमा मुस्कानको बहार आहोस् भन्ने चाहना अनुसार महोत्सव आयोजना भएको र सोचे भन्दा अझ भब्य र सफल भएकोमा कोटेश्वर ब्यवसायी संघका अध्यक्ष गोरख बहादुर थापाले विचार ब्यक्त गर्नु भयो । पुस १२ र १३ गते संचालन भएको महोत्सवमा १०० को संख्यामा ब्यवसायिक स्टलहरु समेत रहेका थिए भने स्टलहरुमा स्थास्थ्य सेवा, कपडा, जुत्ता, मोवाइल, खाद्यान्न स्थानीय परिकार, रेष्टुरेन्ट, तन्तुरी, भक्का, फलफुल तथा मौलिक उत्पादनहरु, नेवारी परिकार लगायतका रहेका थिए । २ दिनमा करिव २ लाख दर्शक एवं ग्राहकहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा महोत्सवको अवलोकन गरेका थिए भने कोटेश्वर ब्यवसायी संघका ३१ पदाधिकारीहरु, मुल आयोजक समितिका १५ पदाधिकारीहरु, स्वयम् सेवक, डिजाइनर, आईटी विज्ञ, मिडिया कन्सल्टेन्ट, पत्रकार, क्यामरामेन ले विशेष सहयोग तथा फिचरिगं गरेका थिए त्यस्तै गरी ५० भन्दा बढी कलाकारहरुले १०० भन्दा बढी गीत र नृत्य, प्रहसन प्रस्तुत गरेका थिए ।
महोत्सवमा कृष्ण कँडेल तथा समग्र इन्द्रणी समूह, नृत्यगंना एवं मोडल अञ्जली अधिकारी, गायक टंक तिमल्सिना, कलाकार सुमित्रा कोइराला, स्याड रोज ब्यांड, हांस्य कलाकार जितु नेपाल, गायक दिनेश श्रेष्ठ, मोडल तथा नृत्यगंना करिष्मा ढकाल, गायक कृष्ण समिप सुवेदी, गायक टेक विसी, गायक रवि रिमाल,उर्जा ब्यांड लगायत दर्जनौ कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने दर्शकहरुले पनि उत्साहपूर्वक तरिकाले साथ र समर्थन गरेका थिए ।
कार्यक्रमको प्रथम दिनको उदघाटन सत्रमा काठमाण्डौ महानरपालिकाका मेयर बालेन शाह प्रमुख अतिथिको रुपमा र उपमेयर सुनिता डंगोल विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए भने कार्यक्रमलाई सम्वोधन गर्दै मेयर बालेन शाहले कोटेश्वर महोत्वसले कोटेश्वरलाई विशेष पहिचानको शहरको रुपमा प्रस्तुत गर्न ब्यवसायी संघले विशेष परियोजना नै बनाएर कार्य गर्नुपर्नेमा जोड दिए भने तिनकुनेको चौरलाई स्थानीयको मुहाब्जा चाँडो भन्दा चाँडो दिएर ब्यवस्थापन गर्न सरकारलाई सुझाव दिए भने उपमेयर सुनिता डंगोलले महोत्सबले ब्यवसायीको मनोबलको विकास गर्दै ब्यवसायिक र सांस्कृतिक विकास हुनेमा जोड दिइन् ।
कामनपा वडा नं ३२ का वडा अध्यक्ष नवराज पराजुलीले महोत्सवमा महानगरले रु १० लाख आर्थिक सहयोग गरेको जानकारी दिदै महोत्सवलाई सफल बनाउन सवैलाई सहयोगको अपिल समेत गरे ।
उद्घाटन सत्रको कार्यक्रम संचालन प्रथम कोटेश्वर महोत्सव २०८१ मूल समाह्रोस समितिका सदस्य सचिव उत्तमराज भण्डारी र कार्यक्रम संचालिका एवं गायिका सोभा त्रिपाठीले संयुक्त रुपमा गरेका थिए भने दोस्रो दिनको कार्यक्रम संचालन इन्द्रेणी समूहका संयोजक कृष्ण कंडेल र शोभा त्रिपाठीले संयुक्त रुपमा संचालन गरेका थिए ।
कोटेश्वर ब्यवसायी संघको १९ औ बार्षिक उत्सव समेत भब्यताका साथ मनाईएको कार्यक्रमलाई स्थानीय ब्यवसायी, समाजसेवी, बुद्धिजीवि लगायतले आर्थिक एवं नैतिक सहयोग गरेका थिए ।
हरेक बर्ष स्थापना दिवसको अवसर पारेर पौष १२ गते कोटेश्वर महोत्सवलाई निरन्तरता दिने र विविध सिर्जनशील एवं रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धतका साथ महोत्सव समापन भएको छ ।

