
प्रोजेक्ट खवर संवाददाता
कोटेश्वर ब्यवसायी संघको उन्नाइसौ स्थापना दिवसको अवसर पारेर संचालन भएको प्रथम कोटेश्वर महोत्सव २०८१ भब्यताका साथ संचालन हुने भएको छ ।
कोटेश्वर ब्यवसायी संघको प्रमुख आयोजना तथा काठमाण्डौ महानगरपालिका वडा नं ३२ को सहकार्यमा २ दिन सम्म महोत्सव संचालन हुनेछ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन प्रमुख अतिथि रहने उद्घाटन सत्रको सभाअध्यक्ष कोटेश्वर ब्यवसायी संघका अध्यक्ष गोरख बहादुर थापा रहनुहुनेछ, कार्यक्रमको संयोजन सदस्य सचिव उत्तमराज भण्डारी ले गर्नुहुनेछ , महोत्सवमा ६० भन्दा बढी स्टल रहने छन् भने स्टलमा ब्यवसायीले १० देखि ६० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको आयोजक समितिका महासचिव अर्जुन बस्नेतले जानकारी दिनुभयो । ५० भन्दा बढी राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमलाई बहुचर्चित संचालिका शोभा त्रिपाठीले गर्ने जानकारी गराईएको छ । निकै अस्तब्यस्त रहेको तिनकुनेको चौरलाई बिशेष सरसफाई र ब्यवस्थापन गरी आकर्षक रुपमा बेहुली झै सजाइएको जानकारी उपाध्यक्ष निल प्रसाद घिमिरेले दिनुभयो । हाम्रो कोटेश्वर राम्रो कोटश्वरको मुख्य नारा लिएर आयोजनाभएको महोत्सवमा १ लाख दर्शक तथा ग्राहकहरुले सहभागिता जनाउने लक्ष्य लिइएको छ । कोटेश्वरको ब्यवसायलाई प्रवर्धन गरी ब्यवसायीमा उच्च मनोवल विकास गर्ने सोचका साथ महोत्सव संचालन हुनेछ ।

