सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

२०८१ आश्विन ७, सोमबार ०६:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ५९ पैसा रहेको छ । सोमबार पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ । सोमबार अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ । त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २० पैसा कायम भएको छ ।

बहराइन दिनार एकको खरिददर तीन सय ५३ रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ४६ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय