नाडाको नयाँ कार्यसमिति निबिरोध निर्वाचित, करण चौधरी बने कान्छा अध्यक्ष

२०८० पुष २०, शुक्रबार १७:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । चौधरी अध्यक्ष भए सगै नाडाको अध्यक्षमा कान्छा युवा अध्यक्ष भएका छन् ।

त्यस्तै, १७ सदस्यीय कार्यसमिति सदस्यमा सबै निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा आकाश गोल्छा, राजन श्रेष्ठ, निराकर श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया,मिलनबहादुर मल्ल, सौरभ थापा छन् । त्यस्तै, अन्य सदस्यहरुमा पंकज अग्रवाल,सुनिल रिजाल,यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश कपुरी, दीपेन्द्र मिश्र,नवराज भुषाल, कपिल शिवाकोटी, रिद्दि कार्की र सन्जय खेतान छन् ।

त्यस्तै, ७ वटै प्रदेशमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोसीबाट मोरङ अटोमोवाल्स् डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, मधेशबाट जानकी अटोमोवाइल्स् एसोसिएसन अफ नेपालका तेजनारायण साह, वाग्मती प्रदेशबाट चितवन अटोमोवाइल्स् एसोसिएसनका कुलबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै, गण्डकीबाट वेस्टर्न अटोमोवाइल्स् डिलर्स एसोसिएसनका कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनि प्रदेशबाट लुम्बिनी अटोमोवाइल्स् एसोसिएसन् अफ नेपालका गणेश प्रसाद भट्टराई, कर्णाली प्रदेशबाट कर्णाली अटोमोवाइल्स् एसोसिएसन् नेपालका भद्र भण्डारी र सुदुरपश्चिमबाट फार वेस्टर्न अटोमोवाइल्स् डिलर्स एसोसिएसनका पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार