
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी – एनडीयू) निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु भएको छ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण आयोजनाले परामर्शदाता छनोटका लागि प्राविधिकरुपमा ४ वटा कम्पनी सर्ट लिष्ट गरेको छ। विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले एक महिनाको सयम अवधि दिएर सर्ट लिष्ट कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो।


समितिले विल्डिङ डिजाइन अर्थोरेटी प्रालि, केज कन्सल्ट प्रालि, माला एण्ड ग्रुप इन्जिनियरिङ एसोसिएटस् प्रालि र श्रेष्ठ कन्सल्ट्यान्ट प्रालिलाई सर्ट लिष्ट गर्दै विस्तृत प्रस्ताव माग गरेको हो |
सर्ट लिष्ट भएका कम्पनीहरुबाट परामर्शदाता छनोट हुनेछन्। छनोट हुने कम्पनीले विश्वविद्यालय निर्माणको मास्टर प्लान रिभ्यु, आर्टिटेक्चरल डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन, इन्टेरियर डिजाइन, ल्याण्ड स्केप डिजाइन, मोटोको अवस्था अध्ययन तथा व्यववस्थापनको विषयमा काम गर्नु पर्नेछ।