प्रभु बैंकको सिइओमा पुन: अशोक शेरचन नियुक्त

२०७९ माघ १३, शुक्रबार ११:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन दोहोरिएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शेरचनलाई पुुनः आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

केही समय अघिमात्रै प्रभु र सेञ्चुरी कमर्सियल बैंकले मर्जरपछि एकीकृत कारोबार सुरु गरेका थिए । त्यसप्रश्चात शेरचनलाई बैंकमा तेस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरिएको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताएका छन् ।

बैंकमा तेस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएसँगै शेरचनले ग्राहक, शेयरधनी र अर्थतन्त्रलाई प्रमुख प्राथामिकतामा राखेर बैंकको कार्य सम्पादन गर्ने बताएका छन् । ‘हामी यहाँसम्म पुग्नुमा ठूलो हात, ग्राहककै छ र हाम्रो आगामी सेवा पनि ग्राहकमै निहित हुन्छ, मेरो प्रमुख प्राथामिकताको विषय पनि यीनै हुनेछन्’, उनले भने, ‘भर्खरै हामी मर्जरमा गएका छौँ, बैंकलाइ अझै सशक्त र अब्बल बनाउनेमा प्रयासरत रहनेछु ।’

सेञ्चुरी कमर्सियल बैंकसँगको मर्जरपछि हाल बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब पुगेको छ । त्यस्तै, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप २ खर्ब ८४ अर्ब र कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब पुगेको छ । हाल बैंकको देशभरमा ३६५ वटा शाखा कार्यालय रहेका छन् भने एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी रहेका छन् ।Source:Arthasarokar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार